• उर्लाबारी, ९ असार । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीका जनता कसैको भ्रममा नपर्ने बताएका छन् । भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियाको पछि उर्लाबारीका जनता नलाग्ने उनको भनाई छ । आठौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा नगर प्रमुख फागोले सो कुरा बताएका हुन् । उर्लाबारीका केही पत्रिका र पत्रकार भ्रम फैल्याउन लागिपरेको आरोप लगाउँदै फागोले उर्लाबारीका जनता अब सचेत भइसकेको बताए । जनताले दिएको जिम्मेवारीलाई निश्पक्षता र पारदर्शिताका साथ पुरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै फागोले मिडियाले सहीलाई सही र गलतलाई गलत भन्न सक्ुनुपर्ने बताए । आफू पाँच रुपैयाँ पनि भ्रष्टचार नगर्ने र कसैसँग पनि नडराउने उनले बताए । आफ्नो कार्यकालमा उर्लाबारी नगरपालिकालाई नमुना बनाएरै छाडन्े उनको अडान छ । मानव अधिकारका लागि महिला एकल महिला समूह उर्लाबारीकी अध्यक्ष शोभा चेम्जोङ पालुङ्वाले एकल महिलाको हकअधिकारको बारेमा प्रष्ट पार्दै सुरक्षा कोषमा एकल महिलाको पहूँच पुग्न नसकेको गुनासो गरिन् । समूहकी अध्यक्ष पालुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख लक्ष्मी भण्डारी, वडा नं.५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीलगायतले बोलेका थिए । एकल महिला समूहकी सहयोगी गीता खतिवडाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…