• देबु बानियाँ झापा । तत्कालिन धाइजन, दुहागढी र ज्यामिरगढी गाविस गाभिएर नयाँ संरचना अनुसार बनेको मेचीनगर नगरपालिकाको वडा नम्बर—३ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ ।
    यसअघि साविकका धाइजन, दुहागढी खुला दिसामुक्त घोषणा भइसकेका छन् । सहारा नेपालको समन्वय सहजीकरणमा यो वडा खुला दिसामुक्त घोषणा भएको हो । ‘सवै जनता, सवै दल, सरसफाईमा लगाऔ अझै बल’ भन्ने नारासहित शुक्रबार नव ज्योति अधारभूत विद्यालयमा आयोजित घोषणा सभामा वडा नम्बर—३ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको हो । मेचीनगर—३ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख विमल आचार्यले वडानम्बर—३ लाई खुला दिसामुक्त घोषणा गरे । नयाँ संरचना अनुसार नगरका १५ वटा वडामध्ये पहिलो पटक ४ नम्बर खुला दिसामुक्त वडा घोषणा भएको थियो । नगर प्रमुख आचार्यले नगरका १५ वटै वडा खुला दिसामुक्त घोषणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रमुख आचार्यले खुला दिसामुक्त घोषणा नभएका वडालाई आगामी वर्षदेखि बजेट नदिने चेतावनी समेत दिए । प्रमुख आचार्यले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताए ।

    वडास्तरीय खानेपानी तथा स्वच्छन्दता समन्वय समिति हुर्दै नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छन्दता समन्वय समिति मेचीनगर हुर्दै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले खुला दिसामुक्त वडा घोषणाको सिफरीस गरेको थियो । ३ नम्बर वडाका सवै घरधुरमिा चर्पी निर्माणको कार्य पुरा भएकाले अनुगमनको लागि माग भए पछि कार्यालयबाट खटिइएको प्राविधिकहरुको अनुगमन गर्दा खुला दिसामुक्त घोषणा गर्न उपयुक्त भएकाले कार्यालयको प्रतिवेदन अनुसार ३ नम्बर वडालाई ओडीएफ घोषणा गरिएको जिल्ला खानेपानी सरसफाइ स्वच्छता समिति झापाका फोकल पर्सन रुद्र न्यौपानेले बताए ।

    १ हजार ८ सय ५० घरधुरी भएको वडामा शतप्रतिशत चर्पी स्थानीयले प्रयोग गर्न थालेको वडाध्यक्ष हर्क वस्नेतले बताए । झापा जिल्ला खानेपानी तथा स्वच्छन्दता समन्वय समितिले उक्त वडाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खुला दिसामुक्त वडा घोषणाका लागि मापदण्ड पुर्याएका कारण यस वडालाई खुला दिसामुक्त वडा घोषणा गरिएको वडाध्यक्ष वस्नेतको भनाई छ । कार्यक्रममा वडालाई खुला दिसामुक्त घोषणाका लागि योगदान पुर्याउने दर्जनौ व्यक्ति र संघ संस्थालाई सम्मान पत्र प्रदान गरियो ।

    कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेती, सहारा नेपालका उपाध्यक्ष लालबहादुर गिरी, जिल्ला खानेपानी सरसफाई स्वच्छता समिति झापाका फोकल पर्सन रुद्र न्यौपानलगायतले बोलेका थिए । वडाध्यक्ष हर्क वस्नेतको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक धनराज भण्डारी र स्वागत ३ नम्बर वडा सदस्य रीता थापाले गरेकी थिइन् । कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत सवैले प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…