• देबु बानियाँ झापा ।

    नेपाल जेसीजका क्षेत्र ‘ग’ का शाखा अध्यक्ष तथा निरुपित राष्ट्रिय पदधिकारीहरु बिच २ दिने अन्तरक्रिया तथा सह सम्बन्ध कार्यक्रम सम्पन्न भएको छ ।
    काभ्रेको धुलिखेलमा शुक्रवारबाट सुरु भएको उक्त अन्तरक्रिया कार्यक्रममार्फत नेपाल जेसीज क्षेत्र ‘ग’ का शाखा अध्यक्षहरु बीच एक आपसमा सहकार्य गरि शाखाहरुबीच सहयोग गर्ने र भावी दिनहरुमा कार्यक्रमहरुमा पूर्ण सहयोगका साथ अगाढि बढ्ने प्रतिबद्धता सहित शनिवार समापन भएको हो ।
    काभ्रे जिल्लाका ६ वटा शाखाहरु भकुण्डेवेसी जेसीज, काभ्रे जेसीज, काभ्रे महिला जेसीज, नाल्दुम नगरकोट जेसीज, धुलिखेल जेसीज र पनौती जेसीजको संयोजनमा भएको नेपाल जेसीज क्षेत्र ‘ग’ का शाखा अध्यक्षहरु एवं निरुपित राष्ट्रिय पदाधिकारीहरुबीचको अन्तरक्रिया तथा सह सम्बन्ध कार्यक्रम भएको भएको हो ।
    कार्यक्रममा नेपाल जेसीजको तर्फबाट क्षेत्र ‘ग’ का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी पदम विक्रम सिंह, निरुपित राष्ट्रिय उपाध्यक्षहरु जेसी टेकराज रेग्मी, जेसी रविन पोखरेल, जेसी गोविन्द देवकोटा लगायत कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धर, महासचिव जेसी श्रीराम पौडेल तथा उपाध्यक्ष जेसी अमिश ढकालको उपस्थिति रहेको थियो भने क्षेत्र ‘ग’ बाट १८ वटा शाखाका शाखा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
    दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रमबाट शाखा अध्यक्षहरुले आआफ्नो शाखाबाट हालसम्म भएका कार्यक्रम तथा गतिविधिहरुबारे जानकारी गराई भावी दिनमा गरिने कार्यक्रमको बारे खाका प्रस्तुत गर्नुभई वर्ष २०१८ को ६ महिनाको कार्य प्रगतिबारे समिक्षा गरेका थिए । त्यस्तै, नेपाल जेसीजका तर्फबाट उपस्थित पदाधिकारीहरुले शाखालाई थप मजबुट बनाई अगाडि बनाउनका लागि गर्नुपर्ने कार्यक्रमहरु, शाखाहरुले गर्ने कार्यक्रमले समुदायमा पार्ने प्रभाव, नेपाल जेसीजले गरेका व्यवस्थाहरु, नेपाल जेसीजबाट शाखामा गर्न सकिने सहयोग लगायतका विषयहरुमा जानकारी प्रदान गरिएको थियो ।
    त्यस्तै साँखु जेसीजको आतिथ्यतामा यही भाद्र १५ र १६ गते हुन गईरहेको क्षेत्र ‘ग’ सम्मेलनको तयारी र यसमा शाखाहरुले गर्न सकिने सहयोगका बारेमा पनि व्यापक छलफल गरी प्रत्येक शाखाहरुले सो सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि सक्दो सहयोग गर्ने, त्यस्तै शाखाको तर्फबाट बढी भन्दा बढी पदाधिकारीहरुको उपस्थिति गराउने बारे सर्वसम्मतिले निर्णय गरिएको थियो ।
    त्यस्तै छलफलकै क्रममा सेप्टेम्बर १५ तारिखका दिन हुन गईरहेको World Clean Day मा कार्यक्रम आयोजना गर्ने बारे पनि जानकारी गराइएको थियो ।
    निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्षहरु जेसी टेकराज रेग्मी, जेसी रविन पोखरेल, जेसी गोविन्द देवकोटाले सम्पूर्ण शाखाहरुले दिगो विकासका अवधारणा (Sustainability Development Goal-SDG) लाई अवलम्बन गरी कार्यक्रमहरु गर्दा समाजमा सकरात्मक सन्देश जाने भएकोले सोही अनुसार कार्यक्रमहरु गर्न सुझाएका थिए भने शाखाहरुका लागि अवसर र चुनौतीहरुका बारेमा पनि विस्तृत जानकारी प्रदान गरेका थिए ।
    भकुण्डेबेसी जेसीजका अध्यक्ष जेसी रुकमणि सिग्देलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने काभ्रे जेसीजका अध्यक्ष जेसी उमेश मानन्धरले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रमको समिक्षा गर्दै नाल्दुम नगरकोट जेसीजका अध्यक्ष जेसी मञ्जु शाह ठकुरीले आफ्ना भनाईहरु राख्नु भएको थियो । गोदावरी जेसीजका अध्यक्ष जेसी आशिष शर्माले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…