• देबु बानियाँ झापा ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले आम युवाहरुलाई उर्जावान बन्दै समृद्ध समाज निर्माणमा लाग्न आगह गर्नु भएको छ ।
    पोखरा जेसीजको आतिथ्यतामा भएको क्षेत्र ‘ख’ का शाखाहरुको दुई दिने मल्टि चेप्टर प्रभावकारी संसदीय बैठक सञ्चालन प्रणाली तालिमको शनिवार समापन समारोहमा बोल्दै राष्ट्रिय अध्यक्ष बस्यालले युवाहरुलाई उर्जावान बन्न आग्रह गर्नु भएको हो ।
    ‘तपाईहरु समाजको जिम्मेवार व्यक्ति हो’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका अध्यक्ष बस्यालले भन्नु भयो –‘जेसीजका माध्यमबाट समाजका युवाहरुलाई थप उर्जावान बनाउँदै समृद्ध समाज निर्माणमा अघि बढ्नुहोस् ।’
    अध्यक्ष बस्यालले सबै शाखाहरुले आफ्नो जिम्मेवारीलाई आत्मासाथ गर्दै थप जिम्मेवारी बन्न आग्रह समेत गर्नु भयो ।
    पछिल्लो समय नेपाल जेसीज हरेक गतिविधिमा परिवर्तन आएको बताउँदै अध्यक्ष बस्यालले वर्ष २०१८ को प्रकरणलाई सफल बनाउन सबै शाखाहरुको उत्तिकै जिम्मेवारी रहेकाले सबैले साथ र सहयोग गरेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले देशभरका सबै शाखाहरुले समाज निर्माणमा थुप्रै योगदान दिएको बताउनु भयो ।
    नेपाल जेसीजको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा क्षेत्र ‘ख’ का १५ वटा शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
    तालिममा नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहले प्रशिक्षण गर्नु भएको थियो ।
    आतिथ्यता शाखा पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष श्याम सुन्दर पौडेल,
    पोखरा जेसीजका पूर्व अध्यक्षहरु तिलक राम पौडेल, क्षेत्र (ख’ का तालिम संयोजक माधव न्यौपानेलगायतले बोल्नु भएको थियो ।
    पोखरा जेसीजका उपाध्यक्ष अञ्जनदेव ढकालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश गिरीले गर्नु भएको थियो । कार्यक्रम संयोजक कुशल पौडेलले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…