• देबु बानियाँ । झापा

    एकपछि अर्काे कार्यक्रमको आयोजना गरेको तिलोत्तमा जेसीजले शनिवार एकैदिन २ वटा कार्यक्रम गर्न भ्याएको छ ।
    जेसीजले बिहान बजार सरसफाइसहित सरसफाइ सामग्री वितरण गरेको छ भने दिउँसो व्यवसायीहरुलाई व्यवसायिक तालिमको आयोजना गरेको थियो ।
    शाखाका वर्ष २०१८ का अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षाता तथा रेडियो लुम्बिनी का अध्यक्ष मोहन चापागाईंको प्रमुख अतिथ्ययतामा तिलोत्तमा नगरपालिका वाड न १ शिवचोक टोल बिकाश समितिको मागपत्र बमोजिम सरसफाइ सामाग्री बितरण गरेको हो । सो कार्यक्रममा टोल बिकास समितिका अध्यक्ष भेषराज गैर्हे, कानुनी सल्लाहकार जय प्रकाश भट्टराई, कार्यकरणि उपाध्यक्ष अमरनाथ पाठक, पूर्व अध्यक्ष जीवन गौतमलगायतले बोल्नु भएको थियो ।
    जेसी कृष्ण पाण्डे संयोजक रहेको उक्त कार्यक्रममा अध्यक्ष को Theme -work for impact_ लाई सार्थक बनाउन अध्यक्ष ईश्वर पाण्डेले जेसीज अभियान अन्तर्गत समुदाय क्षेत्रमा सरसफाइ कायम गरि स्वस्थ्यप्रति जिम्मेवार नागरिक बन्न आव्हान गर्नुभयो । उक्त कार्यक्रमको संचालन महासचिव जेसी बिदुर पौडेलले गर्नु भयको थियो ।
    यसैगरी, अध्यक्ष ईश्वर पाण्डेकै अध्यक्षाता तथा साइन रेसुङा बिकाश बैंकका CEO प्रकाश पौडेलको प्रमुख अतिथ्ययतामा तिलोत्तमा नगरपालिका भित्र रहेको उधोगी व्यावसायि व्यापारिहरुलाई लक्षित गरि कर तालिम सम्पन्न गरेको छ । सो कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जे. बि. कँडेल, छिमेकी शाखा भलबारी जेसीजका अध्यक्ष गोविन्द पङ्गेनीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
    जेसी यज्ञप्रसाद न्यौपाने संयोजक रहेको उक्त कार्यक्रममा अध्यक्ष को  Theme -work for impact_ लाइ सार्थक बनाउन अध्यक्ष सल्लाहकार प्रेम भुर्तेल र छबिलाल पोख्रेलले राज्यलाइ कर तिरेर जिम्मेवार नागरिक बन्न आव्हान गर्नुभयो । उक्त कार्यक्रमको संचालन महासचिव जेसि बिदुर पौडेल गर्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…