• काठमाडौं। रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा मेक्सिकोले दक्षिण कोरियालाई २-१ गोलले पराजित गर्दै समुह 'जी'को पहिलो स्थानमा उक्लिएको छ। मेक्सिकोको २ खेलमा ६ अंक रहेको छ। कोरिया अंकबिहिन अवस्थामा रहेको छ।

    खेलको २६औं मिनेटमा कार्लोस भेलाले पेनाल्टी मार्फत गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यसैगरि ६६औं मिनेटमा जावियर हर्नान्डेज 'चिकारितो'ले दोस्रो गोल गर्दै मेक्सिकोलाई २-०को अग्रता दिलाएका थिए।

    जवाफमा कोरियाका एच एम सोनले ९१औं मिनेटमा सान्तवना गोल गरेका थिए। अन्तिम अवस्थामा कोरियाकालागि भएको गोलले खेलमा फर्किन सक्ने स्थिती रहेको थिएन। यो हारसँगै कोरिया समुह चरणबाट लगभग बाहिरिएको छ।

    मेक्सिकोले यसअघि पुर्वबिजेता जर्मनीलाई १-० गोलले पराजित गरेको थियो। मेक्सिको दोस्रो चरणमा प्रवेश गर्ने संघारमा गएर ऊभिएको छ। मेक्सिकोले आफ्नो अन्तिम खेल युरोपियन टोली स्वेडेनसँग खेल्ने छ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…