• काठमाडौं असार १० । जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २-१ ले पराजीत गरेको छ। जीतसँगे समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवीत राखेको छ। खेलको अतिरिक्त समयको ५ औं मिनेटमा गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो।

    समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ। स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्बावना बलियो हुनेछ।

    आज आइतबार सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो हाफको समाप्तीमा स्वीडेनसँग एक गोलले पछि परेको थियो।

    रसियामा जारी जर्मनी र स्वीडेनबीचको खेलमा जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खायो। जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए।

    पहिलो हाफमा गोल खाएर दबाबमा परेको जर्मनीले दोश्रो हाफको सुरूवातमा गोल फर्कायो र विश्वकपमा निरन्तर हुने संकेत देखायो।

    जर्मनीका लागि जर्मनीका मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

    खेल नतिजाका साथ खेल समापन भए डिफेन्डिङ च्याम्पियन जर्मनी खर फर्किने निश्चित थियो जसका कारण दोश्रो हाफमा जर्मनीले स्वीडेनको गोलपोस्टमा एकपछी अर्को गर्दै आक्रमण गरिरहेको थियो तर सफल हुन सकिरहेको थिएन।

    यस्तैमा २ वटा पहेंलो कार्ड खाएपछि जर्मनीका बएटिङ खेल मैदान बाहिर पुगे र जर्मनी १० जना खेलाडीमा सिमित भयो। १० जनामा सिमित भए पनि जर्मनीको आक्रमण स्वीडेनको पोस्टमा रोकिएन। यसक्रममा उसले केहि राम्रा मौकाहरू गुमायो। स्वीडेनका गोलरक्षकले जर्मणिबाट आएका केहि उत्कृष्ट प्रहारहरूलाई विफल तुल्याइदिएका थिए।

    जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन र डिफेन्डिङ च्याम्पियनको हैसियतले ऊ आजसम्म घर फर्किएको छैन्। सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले मेक्सिकोसँग यस विश्वकपमा पहिलो खेल गुमाएको हो।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…