• काठमाडौं, १० असार । विश्वकप २०१८ अन्तर्गत आइतबार हुने तेश्रोे खेलमा पोल्याण्ड र कोलम्बीया खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘एच’ को यो खेल रसियाको काजान शहरमा हुँदैछ ।

    यो समुहका दाबेदार दुबै टोली पोल्याण्ड र कोलम्बीयाले पहिलो खेलमा पिडादायी हार भोगेपछि यो प्रतियोगिताको पहिलो जितको खोजीमा एक आपसमा भिड्दैछन् । हालसम्म एक आपसमा विश्वकपमा नभिडेका यि दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् ।

    पोल्याण्डका कोच एडम नवाल्का आफ्नो खेलाडिहरुको व्यक्तिगत गल्तीलाई दोहोरिन नदिन सतर्क छन् । केहि परिवर्तन गर्न सक्ने संकेत गरेका उनले यो खेलमा गल्ती गर्न नहुने तथ्यलाई मध्यनजर गर्दै उत्कृष्ट ‘कम्बीनेसन’ लाई मैदान उतार्ने तयारी गरेको छन् । त्यस्तै प्रशिक्षक नवाल्का आजको खेलमा रोबर्ट लेवान्डोस्कीको गोलको आशमा पनि हुनेछन् । बराबर हैसियत भएको कोलम्बीयासँग पोल्याण्डको आजको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गर्न सकिन्छ ।

    अर्कोतर्फ बार्यन म्युनिखबाट खेल्ने कोलम्बीयन स्टार जेम्स रोड्रिगेजले आजको खेलमा सुरुबाटै खेल्ने सम्भावना रहेको छ । जापान विरुद्धको पहिलो खेलमा परिवर्तित खेलाडिमा आएका उनि आज सुरुबाटै खेल्ने सम्भावना रहेको छ । कार्लोस सान्चेज पहिलो खेलमा रेडकार्ड खाएका कारण आजको खेलमा खेल्न अयोग्य छन् र उनको स्थानमा अर्को खेलाडी ल्याइ उत्तम संम्मीश्रणलाई पोल्याण्ड विरुद्ध उतार्ने बताइएको छ ।

    पहिलो खेलमा हारेपनि कोलम्बीया आत्मविश्वासी देखिएको छ ।  यो खेल फाइनल सरह भएको बताउने कोलम्बीयाका स्टार राडामेल फाल्काओ भन्छन् , ‘हामी जित्न चाहन्छौं र सोही कारण आइतबारको खेलमा ३ अंक ल्याउन हरसम्भव प्रयास गर्नेछौं । ’

    आजको खेलमा जित्ने टोलीको नकआउट चरणमा पुग्ने सम्भावना जिवित रहन्छ भने आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । यस्तोमा दुबै टोलीको उत्कृष्ट खेलले फुटबलका दर्शकलाई भरपुर मनोरञ्जन दिन यो खेल सक्षम छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…