• काठमाडौं, १० असार । बाजेको सेकुुवाका सञ्चालक चेतन भण्डारीका ३३ केजी सुन प्रकरणमा फरार भएपछि त्यसको सिधा असर सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकलाई परेको छ ।

    ३३ केजी सुन प्रकरणमा सरकारले गठन गरेको छानवीन समितीले राजधानीको बिभिन्न ठाउँमा सञ्चालनमा रहेका छ वटा आउट लेटहरुलाई सिज गरिदिएपछि बाँणिज्य बैंक तनावमा फसेको हो ।

    बाजेको सेकुुवामा राष्ट्रिय बाँणिज्य बैंकको सावाँ र व्याज समेत गरी झण्डै आठ करोड रुपैयाँ कर्जा फसेको छ । बाजेको सेकुुवाले व्यवसाय बिस्तार, ओभर ड्राफ्ट र हायर पर्चेज शिर्षकमा नेपाल एसबिआई बैंकसंग चार करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो ।

    उक्त समय एसबिआईमा कर्जाको व्याज महंगो भएको भन्दै भण्डारी उक्त कर्जा सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकमा सारेका थिए । सोही कर्जाका कारण अहिले बाँणिज्य बैंक तनावमा परेको हो ।

    नेपाल एसबिआई बैंकका स्वाप् गरेको चार करोड ५० लाख रुपैयाँ समेत गरी बाणिज्य बैंकले बाजेको सेकुुवालाई झण्डै आठ करोड रुपैयाँ कर्जा दिएको थियो । तर अहिले बाजेको सेकुुवाका सञ्चालक भण्डारी फरार भएको र सेकुुवाका छ वटा शाखालाई सरकारले सिल गरिदिएपछि बाँणिज्य बैंकलाई आफ्नो कर्जाको सावाँ व्याज उठाउन निकै नै कठिन भएको छ ।

    सुरुवाती समयमा बाजेको सेकुुवाले कर्जाको सावाँ तथा व्याज समेत गरी झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको कर्जा चुक्ता गरेपनि अझै आठ करोड रुपैयाँ चुक्ता गर्न बाँकैी देखिएको छ । सोही कर्जाको लागि बैंकले बाजेको सेकुुवासंग सम्वन्धीत व्यक्तिहरुलाई ताकेता गरेको भएपनि हालसम्म पनि उक्त कर्जा उठ्न नसक्दा बैैंक निकै नै तनावमा परेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…