• क्रेजी इन्टरटेनमेन्टप्रा.लि.ले नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ निर्माण गर्ने भएको छ । विहिबार काठमाडौं बानेश्वरमा अवस्थितकुञ्ज थिएटरमा पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्र असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जानकारी गराएको थियो ।सो चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् । यस्तै अन्य कलाकारहरुमा वर्षा शिवाकोटी, मालालिम्ब, कविता आले मगर, कृष्णभक्त महर्जन, शिवमुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । सो पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो भूमिकाको बारे संक्षिप्त कुराहरु राखेका थिए ।

    चलचित्रको निर्माताअशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता सन्तोष राई रहेका छन् । सो चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै पुरानो बुलेट चलचित्रमा उत्तम जंगलिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर रहेको छ । १ करोडको लागतमानिर्माण हुने यो फिल्मलाई आउँदो मंसिरमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंगभएको सुनाइन् । नायकअनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

    सोही कार्यक्रम क्रेजी इन्टरटेनमेन्टका चलचित्र निर्माता विरेन साम्वाको केक काटेर वर्थ डे मनाइएको थियो । चलचित्रलाई हरि लामा घलेले खिच्ने भएका छन् । चलचित्रविकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा निर्देशक मिलनचाम्स, चलचित्र निर्माता ज्योतिराज राई लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…