•  



    शनिश्चरे । पाठेघरको क्यान्सरबाट पीडित पुर्णिमाया राईको उपचार खर्चमा राहत पु¥याउन हङकङमा बस्दै आएका सहयोगी मनहरुले आर्थिक सहयोग गरेका छन् ।
    मोरङको पथरीशनिश्चरेकी ५५ वर्षीया क्यान्सरपीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित ३ लाख ७० हजार रुपैयाँ आइतबार उनकै निवासमा प्रदान गरिएको छ । सो रकम शनिश्चरकै मिनप्रसाद लिम्बूले विमारी र उनका पति नरबहादुर राईलाई हस्तान्तरण गरेका छन् ।
    करिब १७ महिनायता पाठेघरको क्यान्सरबाट पीडित राई हाल भक्तपुरको नालास्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारत छिन् । आर्थिक अभावका कारण उपचारका समयमा उपचार गर्न नसकेको थाहा पाएपछि हङकङमा बस्दै आएका युवराज लिम्बू ‘अमर’, रविन लिम्बू, योगराज लिम्बू, विजय लिम्बू, सन्त लिम्बू, बिजु लिम्बू, नरेश नाल्बोलगायतले पीडित राईका लागि रकम संकलन गरेका थिए । क्यान्सरपीडित राईको उपचारका लागि रकम संकलनमा बिजु लिम्बूको विशेष योगदान रहेको बताइएको छ ।
    विभिन्न काम तथा रोजगारीको सिलसिलामा हङकङमा रहेका नेपाली दाजुभाईले उपचार खर्चका लागि आर्थिक सहयोग गरेकामा विरामी पूर्णिमाया राईले खुशी व्यक्त गरिन् । उनले सहयोगी मनहरुलाई धन्यवाद दिँदै भनिन्, ‘यहाँहरुको सहयोगले नयाँ जीवन पाउने आशा गरेकी छु ।’ करिब १७ महिना अवधिको उपचारकै क्रममा ५ लाख भन्दा बढी खर्च भइसकेको पनि उनले बताइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…