• काठमाडौं, १२ असार । विश्वकप २०१८ अन्तर्गत मंगलबार हुने समुह ‘डी’ को अन्तिम खेलमा नाइजेरिया र अर्जेन्टिना भिड्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा हुने यस खेलमा विजयी हुने टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ भने यहि समुहको अर्को खेलमा अप्रत्याशित नतिजा नआएमा नाइजेरियालाई बराबरी मात्रले पनि नकआउट चरण पुग्न काफी हुन्छ ।

    पछिल्लो २ खेलमा १ अंक मात्र जोडेको अर्जेन्टिनाको लागि यो खेल जितेर मात्र पुग्दैन, अर्को खेलमा आइसल्याण्ड हार्नु पर्ने पनि हुन्छ । आइसल्याण्डले क्रोयसियालाई हराएमा गोल अन्तरको कारणले पनि आइसल्याण्डनै नकआउट चरणमा पुग्नेछ ।

    प्रशिक्षकको विषयमा विवाद, स्टार खेलाडि फ्लप हुनु जस्तो अवस्थाबाट गुज्रिएको अर्जेन्टिनाको लागि आजको खेल सजिलो हुनेवाला छैन । क्रोयसियासँग भोगेको ३–० को गोल अन्तरको पराजय पश्चात पनि अर्जेन्टिनाले अन्तिम मौका पाएको छ । यस्तोमा बलियो नाइजेरियालाई हराउन विशेष प्रदर्शन गर्नु जरुरी छ । यो विश्वकपको पछिल्ला २ खेलको जस्तो प्रदर्शन भएमा अर्जेन्टिनालाई हारबाट कसैले जोगाउन सक्ने छैन । इतिहासलाई पल्टाएर हेर्दा अर्जेन्टिनाले नाइजेरियालाई ४ पटक हराएकोमा आजसम्म कुनै पनि खेलमा १–० गोल भन्दा फराकिलो अन्तरले हराउन सकेको छैन ।

    अर्कोतर्फ २ खेलमा ३ अंक जोडेको नाइजेरियाले आजको खेलमा बराबरी मात्र गरेपनि आइसल्याण्डले अर्को खेलमा ठुलो गोल अन्तरले नजितेमा नाइजेरियाको नकआउट सम्भावना प्रबल हुन्छ । यो खेल हारेमा नाइजेरिया विश्वकपबाट बाहिरिने पक्का हुनेछ । यस्तोमा नाइजेरियाले आज बलियो प्रदर्शन गर्नु अपरिहार्य छ ।

    नाइजेरियाले अर्जेन्टिनासँग हाल सम्म खेलेको ४ खेलमै हार व्योहोरेकोले आजको खेलमा जित हात पारी अर्जेन्टिनालई विश्वकपबाट आउट गर्न सके ‘मिठो बदला’ पनि पुरा हुनेछ ।

    नाइजेरियाका स्टार अहमद मुसाले यो खेललाई ‘गर वा मर’ को संज्ञा दिएका छन् । उनको भनाइबाट पनि नाइजेरियाले आजको खेलमा शत प्रतिशत प्रदर्शन गर्ने तयारी रहेको बुझिन्छ । आइसल्याण्डसँग २–० गोल अन्तरको विजयले हौसियको यो टोलीले अन्तिम १६ मा स्थान बनाउन योग्य रहेको प्रमाणित गरिसकेको छ । तथापी नाइजेरियाले आज आक्रामक खेलेर अर्जेन्टिनालाई हराउने धुनमा हुन्छ कि मेसीलाई रोकेर बराबरी गर्ने, त्यो हेर्न धेरै समय कुर्नु पर्दैन ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…