• धुलावारी । समाज सुधार महिला समूहको सम्मान मेचीनगर ९ ले आयोजना गरेको सिलाइ कटाइ तालिमको समापनको अवसरमा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ ।
    मंगरलवार आयोजित एक कार्यक्रमकाबिच मेचीनगर क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा योगादन गर्ने महिलाहरुलाई सम्मान गरिएको हो ।
    यसरी सम्मानित हुनेहरुमा अग्रज महिलाहरु कृष्णकुमार उपे्रती, माया गुरुङ, राधादेवी कठेत, गंगादेवी रोक्का, पत्रकार अम्बिका भण्डारी, संस्थाकी संस्थापक सदस्य सरस्वती सिटौलालाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको हो ।
    मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यता तथा समूहकी अध्यक्ष संगीता थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर मिना उप्रेती, महिला नेतृहरु मिना उप्रेती, संस्थापक अध्यक्ष लक्ष्मी कटुवाल, सम्मानितको तर्फबाट माया गुरुङलगायतले बोलेका थिए ।
    कार्यक्रममा गोपाल खड्का, रेनुका डाँगी, एकल महिलाकी मिरा पोखरेल, नारी कल्याण विकास समूहकी अध्यक्ष जानुका ओली, जागृति बुहारी समूहकी सचिव मञ्जु श्रेष्ठ, रिदम नेपालका रुद्र रोक्का, दिदी बहिनी समूहकी मिना बस्नेत, उपभोक्ता महिला कृषि सहकारी, अग्रज महिला नेतृ चण्डिका बानियाँलगायतको सहभागिता रहेको थियो ।
    मेचीनगरपालिका र मेचीनगर ९ को वडा कार्यालयको आर्थिक सहयोगमा समूहले स्थानीय महिलाहरुलाई आधारभूत सिलाइ कटाइको तालिम आयोजना गरेको थियो तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । संस्थाकी सदस्य प्रतिक्षा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मञ्जु कट्टेलले गरेका थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…