• बिर्तामोड, असार १२।
    वीरता जेसीज र वीरता लेडी जेसीजको आयोजनामा मंगलबार बिर्तामोडमा ‘प्रभावकारी सार्वजनिक भाषण कला’ विषयक एकदिने तालिम सम्पन्न भएको छ ।
    जिल्लाका विभिन्न क्षेत्रबाट ६३ जनाको सहभागिता रहेको तालिमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले गरेका थिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा भएको तालिममा कैलाश खाकी श्रेष्ठले प्रशिक्षण दिएका थिए । श्रेष्ठ नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष तथा विराटनगर जेसीजका पूर्व अध्यक्ष हुन् ।
    सार्वजनिक समारोहमा बोल्ने तथा माइकको प्रयोग गर्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान तालिममा प्रदान गरिएको थियो । वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतले आस्था वाचन गरेको समारोहमा स्वागत वीरता लेडी जेसीजकी तालिम संयोजक रिमा भट्टराईले गरेकी थिइन् ।
    वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई मिसन, भिजन, नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए भने महासचिव कमलप्रसाद पाण्डे विनोदले कार्यक्रम सञ्चालन गरेका थिए ।
    वीरता जेसीजले यसअघिबाटै शुरु गरेको परम्परा अनुसार कार्यक्रमका प्रमुख अतिथि थापा र प्रमुख प्रशिक्षक श्रेष्ठलाई मायाको चिनो स्वरुप पुस्तक उपहार प्रदान गरिएको थियो । वीरता जेसीजका अध्यक्ष गिरीले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा धन्यवाद ज्ञापन लेडी जेसीजकी अध्यक्ष ढकालले गरेकी थिइन् ।
    समापन समारोहमा सहभागीको तर्फबाट घनश्याम चौधरी र स्वस्तीका संग्रौला तथा बिर्ता मिडियाका निर्देशक एलसी श्रेष्ठले मन्तब्य राखेका थिए ।
    कार्यक्रममा बिर्ता मिडिया प्रालिका राज सुब्बा, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षहरु राधा सुब्बा, पार्वता खरेल विमली, रजनी बजगाई लगायतको आतिथ्य रहेको थियो ।

    एस्पेकमा सहभागी सातलाई सम्मान
    जापानमा भएको अन्तर्राष्ट्रिय जेसीजको एसिया प्यासेफिक कन्फ्रेन्स ९एस्पेक०मा वीरता जेसीजबाट सहभागी सात जनालाई सम्मान गरिएको छ ।
    वीरता जेसीजको पहिचान र गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म बढाउन योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष सञ्जु भारती, कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, कोषाध्यक्ष जीवनकुमार खड्का, संयुक्त सचिव प्रवेश बस्नेत, जनसम्पर्क अधिकारी कुशल खतिवडा, प्रकरण निर्देशक विशाल थापा र मातृ शाखा संयोजक दिवाकर प्रसाईं रहेका छन् ।
    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा र वीरता जेसीजका अध्यक्ष एकराज गिरीले खादा पहिर्याएर सम्मानपत्रसहित सम्मान गरेका थिए । गत मेको २४ देखि २७ तारिखसम्म जापान जेसीजको आतिथ्यमा त्यहाँको कागोसीमा शहरमा एस्पेक सम्पन्न भएको थियो ।
    वीरता जेसीजको वर्तमान नेतृत्वको पहलमा संस्थाको प्रतिनिधित्व गर्दै सात जना जेसीले नेपाल जेसीज मार्फत उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर पाएका हुन् ।

    अशोक भए जेसी अफ द मन्थ
    वीरता जेसीजले हरेक महिना प्रदान गर्ने जेसी अफ द मन्थको अवार्ड मे महिनाका लागि उपाध्यक्ष अशोक चौधरीलाई प्रदान गरिएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा र वीरता जेसीजका अध्यक्ष एकराज गिरीले खादा पहिर्याएर उक्त अवार्ड प्रदान गरेका थिए । उपाध्यक्ष चौधरीको संयोजकत्वमा लोकतन्त्र दिवसमा दिपावली र हिमाली आधारभूत विद्यालय कनकाईका २१ जना बहिरा विद्यार्थीका लागि आवश्यक विभिन्न सामग्री सहयोग प्रदान गरिएको थियो ।
    वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एकजना जेसीलाई जेसी अफ द मन्थको अवार्ड प्रदान गरिँदै आएको छ । उत्कृष्ट कार्यको कदर र त्यस्तै उत्कृष्ट गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले त्यस्तो कार्यको थालनी गरिएको बताइएको छ ।
    यसअघि जेसी अफ द मन्थ फेबु्रअरी उपाध्यक्ष युवराज कुँवर, मार्चको अवार्ड कार्यकारिणी उपाध्यक्ष मिकी कार्की, अप्रिलको अवार्ड कोषाध्यक्ष जीवन खड्कालाई प्रदान गरिएको थियो ।

    सडकमा उत्रने कांग्रेस सभापतिको चेतावनी
    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वर्तमान सरकारले संवैधानिक मूल्य मान्यता लत्याएर संविधानलाई चुनौति दिइरहेको बताएका छन् । आफ्नो मन्तव्यका क्रममा उनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाए ।
    ‘समृद्धिको नाममा सरकारले महँगी र मूल्यवृद्धि गरेर जनताको ढाड भाँच्न लागिसक्यो’–थापाले भने– ‘यस्तो अराजकता नरोकिए जनताको हित, संविधान र अधिकार रक्षाका लागि फेरि सडकमा उत्रने छौं ।’ उनले लोकतन्त्रलाई शीरमा राखेर हिंड्न समेत सुझाएका छन् ।
    अर्को एक प्रसंगमा सभापति थापाले जेसीजले व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम मार्फत शीप प्रदान गरेर अनुकरणीय काम गरेको बताए । उनले सिकेको शीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै शीप र दक्षता बिनाको मानिस अहिलेको समयमा काम नलाग्ने बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…