• विश्वकप फुटबलमा समूह डीको प्रतिस्पर्धा निकै नै रोमाञ्चक बनेको छ । यो समूहबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् ।

    समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्ड र क्रोएसियाको समान १ अंक छ । तर गोल अन्तर अर्जेन्टिनाको भन्दा आइसल्याण्डको राम्रो छ । आसल्याण्डको गोल अन्तर माइनस २ छ भने अर्जेन्टिनाको माइनस ३ छ । यो समूहको अन्तिम २ खेल मंगलबार राति पौने १२ बजे एकै समयमा हुने छ । त्यो खेलपछि मात्र अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ ।

    नाइजेरिया
    यो समूहमा रहेको ३ टिममध्ये नाइजेरिया मात्र एक टिम हो जो अर्जेन्टिनाविरुद्धको खेल जितेमा अघिल्लो चरणमा पुग्ने छ । उसले अघिल्लो चरण पुग्नका लागि अरु खेलका नतिजा कुर्नु पर्दैन ।

    नाइजेरियासँग अर्जेन्टिनालाई बराबरीमा रोकेर अघिल्लो चरण पुग्ने सम्भावना पनि कायम छ । अर्जेन्टिनासँग बराबरी गरेको खण्डमा नाइजेरियाले क्रोएसिया र आइसल्याण्डसँगको खेलको नतिजामा पनि भर पर्नु पर्छ ।
    नाइजेरिया बराबरीमा रोकिएको खण्डमा क्रोएसियाले आइसल्याण्डलाई हराएमा उ अघिल्लो चरणमा पुग्ने छ । साथै क्रोएसियामाथि आइसल्याण्डको १ गोल अन्तरको जितले पनि नाइजेरियालाई अर्जेन्टिनासँग बराबरी गरे अघल्लिो चरणमा पुग्नबाट रोक्न सक्दैन । यस्तो अवस्थामा नाइजेरिया गोलअन्तरका आधारमा आइसल्याण्डलाई पन्छ्याउँदै अघिल्लो चरणमा पुग्नेछ ।

    आइसल्याण्ड
    एक अंकसहित तेश्रो स्थानमा रहेको आइसल्याण्डलाई अघिल्लो चरण पुग्नका लागि क्रोएसियासँगको खेल जित्नुको विकल्प छैन । क्रोएसियासँगको जित मात्र पनि आइसल्याण्डलाई अघिल्लो चरण पुग्न प्रयाप्त हुँदैन । उसले अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा भर पर्नु पर्छ ।

    क्रोएसियासँगको खेल २ गोलभन्दा बढीको अन्तरले जितेको स्थितिमा अर्जेन्टिना र नाइजेरियाले बराबरी खेलेमा, वा अर्जेन्टिना ३ गोलभन्दा कम अन्तरमा विजयी भएमा आइसल्याण्ड अघिल्लो चरणमा पुग्ने छ ।

    अर्जेन्टिना
    आइसल्याण्डकै समान १ अंक भए पनि गोल अन्तरका आधारमा तालिकाको पुछारमा रहेको अर्जेन्टिनालाई पनि अघिल्लो चरणमा पुग्नका लागि नाइजेरियासँगको खेलमा ३ गोलभन्दा बढीको अन्तरको जित बाहेक अर्को विकल्प छैन ।

    उसले नाइजेरियालाई ३ गोल भन्दा बढीले हराएमा पनि अघिल्लो चरणमा पुग्न क्रोएसिया र आइसल्याण्डको खेलको नतिजामा भर पर्नुपर्छ ।

    क्रोएसिया र आइसल्याण्डबीचको खेल बराबरी भएमा वा क्रोएसियाले जितेको स्थितिमा अघिल्लो चरणमा पुग्न अर्जेन्टिनालाई केबल नाइजेरियामाथि जित भए मात्रै पुग्छ ।

    आइसल्याण्ड विजयी भएको स्थितिमा उसले क्रोएसियालाई जति अन्तरले हराउँछ, अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न नाइजेरियालाई त्यसमा १ गोल अन्तर थपेर हराउनु पर्छ । उदाहरणका लागि आइसल्याण्डले क्रोएसियालाई १–० ले हराएमा अर्जेन्टिनाले नाइजेरियालाई २–० ले हराउनु पर्छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…