• १४ असोज, काठमाडौं ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

    राष्ट्रपति भण्डारीले शितल निवासमा आज दिउँसो २ बजेदेखि दशैंको टीका लगाइदिने कार्यक्रम छ ।

    उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको छ ।

    तीन बजे पछिको समय भने सर्वसाधारणलाई टीका लगाइदिनका लागि छुट्याइएको छ । टीकाको दिन शीतलनिवासको एक नम्बर गेट खुल्ला रहने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति भण्डारीले महाअष्टमीको दिन शक्तिपीठहरुको दर्शन गरेकी थिइन् । राष्ट्र प्रमुखले दशैंको टीका लगाइदिने र शक्तिपीठहरुको दर्शन गर्ने प्रचलन छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …