• उर्लाबारी/ मोरङ क्षेत्र नं. १ (क) मा विभिन्न योजनामा रकम विनियोजन भएको छ । प्रदेश नं. १ का विभिन्न मन्त्रालयहरुबाट रकम विनियोजन भएको हो ।

    मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूका अनुसार आर्थिक योजना मन्त्रालयबाट मदन भण्डारी स्मृति प्रतिष्ठानलाई दुई करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट किरातेश्वर सामुदायिक भवन मिक्लाजुङ– ३ लाई १० लाख रुपैयाँ विनियोजन भएको छ ।



    त्यस्तै, सोही मन्त्रालयबाट किसान चोक–टाँडी–आइतबारे– रवि सडकलाई तीन करोड, मिक्लुक खोला पुल सुरुवातको लागि ४० लाख परेको छ । त्यस्तै, हर्दे खोला झोलुङ्गे पुल सखारे जाने बाटोमा ५५ लाख, उर्लाबार–४ लक्ष्मीनारायण मन्दिर नगरपालिका मार्गलाई ५० लाख, नुनसरी–रचना– कालिदह सिचाईका लागि ४५ लाख रकम परेको सांसद लिम्बूले जानकारी दिए । यस्तै, राजघाट–इटहरा राते होली सिँचाईमा ५५ लाख, लालमाट्टी–खाँकरबारी खानेपानीलाई २० लाख, लावा खोला बृहत खानेपानी टाँडीलाई २० लाख, उर्लाबारी–७ सुधार केन्द्र मावा खोला नदी नियन्त्रणमा ८ लाख, उर्लाबारी वडा नं. ४ बक्राहा खोला पश्चिमतिर नदी नियन्त्रण ८ लाख, उर्लाबारी–४ विशाल टोल नदी नियन्त्रण ८ लाख, बक्राहा खोला नदी नियन्त्रण उर्लाबारीमा १० लाख, बक्राहा खोला कटान नियन्त्रणमा ७ लाख, मावा खोला कटान नियन्त्रणमा ७ लाख, मावा खोला कटान गरेको जोखिम क्षेत्रमा ८ लाख, मिक्लाजुङ–६ मा बक्राहा पुल उत्तर नदी नियन्त्रणमा ८ लाख, मिक्लाजुङ–७ र ८ मा पर्ने मावा डाँगीमा मावाखोला नियन्त्रणमा ८ लाख, साखरे खोला नियन्त्रणमा ७ लाख रकम छुट्टिएको छ ।

    त्यस्तै, मंगलबारे खानेपानी मर्मतमा ४५ लाख छुट्टिएको छ । त्यस्तै, सामाजिक मन्त्रालयबाट मंगलबारे अस्पतालमा ट्रमा सेन्टर बनाउने २ करोड विनियोजन भएको छ ।

    त्यस्तै, पर्यटन मन्त्रालयबाट चुलिपोखरी पर्यटनका लागि १० लाख, धार्मिक पर्यटन लागि नेपाल वौद्ध गुम्बा उर्लाबारीलाई २० लाख, किरातेश्वर शिवालय मन्दिर संरक्षणका लागि २० लाख, मदन भण्डारी साईन्स पार्क प्रवद्र्धन विकास र निर्माणका लागि एक करोड विनियोजन भएको छ ।

    त्यस्तै, प्रदेश सरकार बाट नदि कटान नियन्त्रण पहिलो योजना अनुसार बक्राहा खोला मिक्लाजुङ–६ मा नदि नियन्त्रणमा २० लाख र उर्लाबारी–४ विशाल टोलमा १० लाख छुट्याएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…