•  हिन्दुहरुको महान चाड दसैंमा प्रचण्डले बाइस वर्ष पछि टिका लगाएको प्रसंगले सबैलाई चकित बनाएको छ । कतिले सहि गर्यो भन्दै छन त कतिले नेपालमा एकमात्रै सच्चा कम्युनिस्ट भनेर चिनेन प्रचण्डले इतिहासमा कालो दाग लगाउने काम गर्यो भनेर पनि बहस गरिरहेका छन ! यदि हिन्दुबादी राज्य सत्तालाई नै निरन्तरता दिने हो भने १७ हजार सहिदहरुको बलिदान किन आवश्यक थियो त भन्नेहरु पनि भेटिए। म आफैले पनि नेपालको कम्युनिस्टहरु देखेर सरम लागेको कुरा सामाजिक संजाल मार्फत राखेको हो । मोटामोटी रुपमा धेरै कुरामा बुझ्ने मौका पनि पाए।



    हामी जस्तो माक्र्सवादी सिद्धान्तलाई पछ्याउनेहरुलाई प्रचण्डको कदमले चित्ता दुख्नु स्वाभाविकै नै हो तर यहाँ हाम्रो भन्द चर्को विरोध हिजो प्रचण्डले दसै बहिस्कार गर्यो, माओवादी हिन्दु विरोधी पार्टी हो भनेर गलत प्रचार गर्नेहरुले प्रचण्ड लगायतका नेताहरुले दसैमा टिका ग्रहण गर्द माओवादी हिन्दुबादी पार्टी हो, प्रचण्डले कम्युनिस्टहरुको धजिया उडायो भनेर विरोध गरेको पाए पछि एक पटक सोच्न बाध्य बनायो । यहाँ केही खालको साथीहरू प्रचण्डको विरोध गर्न कै लागि मात्रै बसेको रहेछन भन्ने कुरा प्रष्ट हुन्छ ! प्रचण्डले टिका लगाउदा नि सुख छैन, नलगाउदा नि सुख छैन यहाँ विरोध एउटा संस्कारको रुपमा विकास भएको छ ।

    विश्व सर्वहाराबादी महान गुरु कार्ल माक्र्सले समाज र विज्ञानको क्षेत्रमा द्वन्दात्मक एेतिहासिक भौतिकबादको अन्बेसन गर्नु भयो ! मानब इतिहासमा पहिलोपटक कम्युनिस्ट घोषणापत्र मार्फत दर्शनशास्त्र,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजबादको व्याख्या गर्नु भएको थियो। हेगेल र फायरबाखको प्रकृति संग मात्रै जोडिएको एकलकाँटे दर्शनलाई माक्र्सले समाज विज्ञान संग द्वन्दात्मक रुपमा जोड्नु भएको थियो संगसंगै उहाँले धर्म अफिम हो। कम्युनिस्टहरु धर्म मान्दैन तर सबै धर्मको सम्मान गर्छन् भन्ने कुरा व्यक्त गर्नु भएको थियो।

    यहीँ माक्र्सवादी सिद्धान्त हामीलाई जनयुद्धमा सिकाउने प्रचण्डबाबुराम नै थियो ! उहाँहरुकै कुरा सुनेर घरको कुलदेउता फालेको आज लगभग १७,१८ वर्ष भइसकेछन्। धर्म भनेको अध्यात्मिकबाद संग सम्बन्धित कुरा हो माक्र्सवादले अध्यात्मिकबादमा विश्वास राख्दैनन, विश्वास गर्नेहरुको विरोध पनि गर्दैन। संसार परिवर्तन गर्नु छ भने परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ भनेर घरमा आमाले पुज्ने देउता समेत फालेर क्रान्तिको सुरुवात गरियो, रुढीबादी परम्पराले ग्रसित  नेपाली समाजमा कम्युनिस्ट सिद्धान्त लागु गर्न धेरै कठिन थियो ,गाउँघरमा माक्र्सवादको सिद्धान्त सुनाउदै गर्द धेरैले कुलदेवता फालेको हिजो जस्तो मात्रै लाग्छ। माक्र्सले त्यो बेला सिर्जना गरेको भौतिकबादलाई आज पनि नेपाली समाज अनि विशेषगरी कम्युनिस्ट भन्न रुचाउनेहरुले आत्मसाथ गर्न नसक्नुमा हामी दुखी हुनु स्वाभाविकै हो तर हिजो प्रचण्ड र माओवादीले दसैंमा टिका नलागउदा विभिन्न आरोप लगाउनेहरुले आज धन्यवाद दिन नसक्नु यो विरोधमा विरोध मानसिकता मात्रै हो ।

    २२ वर्ष पछि प्रचण्डको निधारमा दसैं टिका किन  ??

    कहिलेकाही माक्र्सवाद दर्शनशास्त्रलाई मात्रै नभएर परिवर्तनको लागि सामाजिक मुहारलाई पढ्नु पनि पर्दोरहेछ । प्रचण्डले २२ वर्ष पछि टिका लगाउनु पछाडि धेरै कुराहरु लुकेको छ।  तेत्रो साल टिका नलगाउनु अचानक टिका ग्रहण गर्नु त्यसको पछाडि धेरै रणनीतिहरु छन । सर्वप्रथम एमाले कांग्रेस विशेष गरि धार्मिक राजनीति गरेर जनता लुट्नेहरुले विभिन्न ठुलो मिडिया किनेर प्रचण्ड र माओवादी लाई हिन्दु विरोध पार्टी हो भन्ने किसिम गम्भीर आरोप लगाउदै आएको छ। केही दिन पहिले अनलाइन मिडियाहरुमा पनि “प्रचण्डले यो पटक दसैं  बहिस्कार गर्दै” भनेर भ्रमक न्युज आएको थियो तर असलमा प्रचण्ड र माओवादीले कहिल्यै कुनै पनि धर्म माथि भेदभाव गरेको थिएन। सबै धर्मलाई सम्मान नै गरेको हो तर पटक पटक यहाँका पुरातनवादी व्यक्तिहरुको गलत प्रचारप्रसारलाई चिर्न पनि प्रचण्डले दसैको टिका कुनै धर्म भन्द नि सांस्कृतिक पर्वको सम्मान स्वरूप  ग्रहण गरे । कम्युनिस्टहरु धर्म नमाने पनि संस्कृतिको जगेर्ना गर्छन, सम्मान गर्छन भन्ने देखाए ।

    प्रचण्ड र माओवादी नेतृत्वहरु कुनै बेलाबखत राष्ट्रको नाउमा सपथ लिदा भगवानमा नाम नलिएर देश र जनताको लागि आफ्नो ज्यानको बलिदान दिने सहिदहरुको नाममा दौरासुरुवाल नलगाएर सपथ ग्रहण गर्दा जनतामा माओवादी पार्टी सञ्चिकै बाहुन र हिन्दु विरोधी पार्टी भनेर भ्रम फैलाउदै  आएका थियो।  योही कदमले धेरै ब्राह्मण समुदायको व्यक्तिहरु माओवादी प्रति रुष्ट छन। तर माओवादी कुनै धर्म विशेष वा जाति विशेषको हैन सबै धर्म प्रति समान व्यबहार छन। सबैको आस्था माथि कुनै गलत बुझाइ छैन भनेर समुदायलाई प्रष्ट संग बुझाउन पनि प्रचण्डले यो पटक दसैको टिका ग्रहण गरेको हो भन्ने मेरो मुल्यंकन रह्यो !
     राज्य धर्म र जातिको सवालमा सधैं सझक हुनु पर्छ। धर्म र जातिको सवालमा नेतृत्वले सहि कदम उठाउन सकेन भने यसले द्वन्दको रुप लिन्छ जुन द्वन्द्व न दबाउन सकिन्छ न त समाधान नै, यस प्रकारको जातिय द्वन्द र धार्मिक द्वन्दले तहसनहस गरेर छाड्छ इतिहास साक्षी छ । विभिन्न मुस्लिम देशहरु देखि  बुद्धिस्ट राष्ट्र म्यानमार सम्मको इतिहास हेरेर पनि हामीले केही सिक्न र जान्न सकिन्छ। नेपालको सन्दर्भमा पनि एक जातले अर्को जातिको अस्तित्व स्वीकार नै नगर्ने स्थिति सृजना भइसकेको छ। केही जातिका व्यक्तिहरु खुलेयाम बाहुन लखेट्नु पर्छ भन्दै आन्दोलन नै गरिसकेको छ भने अर्को ब्राह्मण समुदायको साथीहरूले कुरै कुरामा तामाङ शब्द मात्रै उच्चारण गरे पनि जातिबादी भयो भनेर विरोध जनाउने अवस्थ आइसकेको छ। यहाँ मेरो जाति पहिला आएको तेरो जाति पछि आएको, तेरो धर्म गलत मेरो धर्म सहि भनेर एक किसिम द्वन्द सिर्जना हुने अवस्थमा प्रचण्डले दसैको टिका ग्रहण गर्द यसलाई धार्मिक विशेष भन्द पनि धार्मिक सहिष्णुता र जातिय सदभाव कायमको लागि ग्रहण गरेको भनेर बुझ्न आवश्यक ठाने ।



    माओवादी र प्रचण्ड संग भन्ने हो भने देशको राजनैतिक मुद्दा देखि विकासको एजेन्डाहरुको खानी नै छ तर चुनाबमा किन पछि पर्छन त ? विशेषगरी उत्पिडनमा परेको जाति समुदायको अवाजलाई जोडदार रुपमा उठाउने पनि माओवादी नै हो तर जहाँ जहाँ उत्पिडनमा परेको जाति तामाङ, गुरुङ, राई, लिम्बू, मगर, शेर्पा, सिल्पी समुदायका मानिसहरुको बहुलियता छन तिनै ठाउहरुमा माओवादीको नराम्रो हार भएको निर्वाचनको मतपरिणामहरु हेर्दा प्रष्ट हुन्छ । यसो किन भयो त भने नेपालको ठुलो मिडियाको बलमा माओवादी धर्म विरोधी हो संस्कृति विरोधी हो भनेर गलत प्रचारबाजी गरेका छन अनि समुदायले मिडियाको कुरालाई दिल खोलेर विश्वास मान्छन अब माओवादीले नि दसैंमा टिका राखे पछि समुदायमा सकारात्मक सन्देश जाने कुरामा दुईमत छैन। हामीले पनि यसलाई कुनै धर्म प्रति सम्मान र अपमान भन्द पनि संस्कृतिलाई सम्मानको रुपमा बुझन जरुरी छ किनकि कुनै पनि समुदायको संस्कृति बचाउने र पहिचानलाई जोगाउनु त हामी माओवादीको एजेन्डा नै हो ।

    जनताको गलत मनोविज्ञानलाई निरन्तरता दिनु पुरातनवादी चिन्तन हो भने जनताको गलत मनोविज्ञानमा परिवर्तन गराउन सक्नु क्रान्तिकारी छलाङ हो तर नेपाली समाजमा सजिलै परिवर्तन गर्न गाह्राे नै छ। हात काट्दा स्वास्थ्य चौकी छोडेर झाँग्री खोज्दै हिड्ने हाम्रो समुदायको परम्परागत मानसिकतालाई प्रचण्डले भगवान मान्दैन विज्ञानमा विश्वास राख्छन भने पछि जो धर्म प्रति आस्था राख्छन तिनीहरू रुष्ट हुन्छ नै । एमालेकांग्रेसको राजनीति भनेको जनताको गलत मानसिकतालाई निरन्तरता दिदै जनतामा सधैं लोकप्रियता देखाउने अनि जनताको भावना संग खेल्दै सत्ता र कुर्सीमा रजाइँ गर्नु हो । त्यसैले जनतामा जे बिक्छ त्योही बोल्छन त्यसले दीर्घकालीन आवस्थना के असर गर्छ भन्ने कुरामा ध्यान गर्दैन अनि हरेक निर्वाचनमा पनि उनिहरुले नै जित्छन। तर माओवादीले यस्तो कुराहरु गरिदिन्छ जुन नेपालको रुढीबादी समाजमा अलिकति नि पच्दैन ।  माओवादीले “संघीयता” भन्दियो एमाले कांग्रेसले  “देश टुक्रिन्छ” भन्दिए जनताले संघीयता भन्द देश टुक्रिन्छ भन्ने शब्द सजिलो बुझे मत एमालेकांग्रेसमा ओइरियो उनिहरु भालेपार्टी भएर माओवादीले महत्त्वपूर्ण मुद्दा संविधानमा समेट्न सकेन किनकि संसदमा अंकगणितिय खेल हुन्छ। अन्तता सबै दलले संघीय गणतन्त्र स्वीकार गरे तर पुन माओवादीलाई भारत परास्तको आरोप लगाएर कांग्रेस र एमालेले स्थानीय निर्वाचनमा मतपरिणाम आफ्नो कोल्टामा पार्दियो माओवादीलाई फेरी चिल्लै बनाइयो। अब पुनः  धार्मिक कुरा उठाएर प्रदेश र केन्द्रीय चुनाबमा माओवादीलाई उतानो पार्ने योजना एमाले कांग्रेसको थियो तर प्रचण्डले दसैमा टिका लगाए पछि सपना चक्नचुर बनाएको मेरो अट्कल हो। साहेत मेरो विश्लेषणमा कतिले चित्ता नबुझाउन नि सक्छन तर बास्तबमा प्रचण्डको दसै टिका भ्रम बहादुरहरुको लागि तोपको गोली भन्द खतरा हुने निश्चित छ ।



    लेखक –अनिस  तामाङ (युएई )








सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …