• उर्लाबारी, मोरङ, १६ असार ।  पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिए ।

    यस्तै जिपिए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३.८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…