•   १५ अशोज- By:Ratokalam 

           दलाल,अतिवाद,नव अवसरवाद र सामन्तिको अन्त्य विश्व बाट कहि नभए पनि नेपालमा क्रान्तिका विभिन्न चरणहरुले त्यस्ता बादशाहको ईतिहास निभाइदिएको सबैलाई बिदितै छ।अब अर्को अतिवादी चिन्तनको सफाया पछि नव अवसरवाद र सामन्तीहरु कुंजा हुन थाल्नेछन।भुकम्प पिडितको रकममा नै राजनिती गर्ने,बाढिपिडितको लागि जम्मा गरेका रकमहरु खाएर भुँडी भर्ने नव अवसरवादको प्रकृति भनेको मर्न लागेको कमिलाको जिउमा उम्रेको पखेंटा जस्तै हो।क्रान्ति पनि अपुरो र मुल कानुननै अध्यारो भएको अवस्थामा जनताको नाममा चलाइने सत्तालाई हामिले जनसत्ता भनेर बुझ्न सकेनौं र हामी एकीकृत जनक्रान्तिको यात्रामा लागेका छौं र जसको निरंतरता न त साम्राज्यवादले रोक्न सक्छ न त विस्तारवादले कदापी रोक्न सक्ने छैन।



    आस्था,अडान र विचार नबदलेको मन ले क्रान्तिको पक्षमा हिजो पनि विचार बदलेन र आज पनि कुनै दलालले हाम्रा अडानहरु निमोठेर कहिल्यै सक्ने छैन। विभिन्न राजनितीक घटनाक्रमहरु घटे।एउटै नेपाल बनाउन विभिन्न दल बनिरहे।संसदीय व्यावस्था नौ नौ महिनामा ब्याउन थाल्यो अनि अनेक थरि सन्तान पाउन थाल्यो।कहिले अतिवाद जन्म्यो,कहिले अवसरवाद जन्मियो ,कहिले गद्दार जन्मेर दलाल आज ठूलो भयो।जान्ने बुझ्ने दलालले मेची महाकाली यात्रा गर्दै हिड्यो।महाकाली पनि बेचियो,टनकपुर पनि बेचियो,लिपुलेकमा सलाई कोर्न गएको विस्तारवाद्ले नेपालको संविधानलाई समेत च्यात्न खोज्यो।हाम्रो सत्ताको बाटो छाडेर संसदीय आत्मासमर्पणवादीहरुको अहिले हार ,गुहार र रमाइलो अनि कोलाहल बढिरहेको छ।



    एकता बिना हामिलाई पनि थाहा छ क्रान्तीलाई उचाइमा पुर्याउन सकिन्न।तर ध्रुवीकरण र एकता देशभक्त र क्रान्तीकारी पक्षधरहरु संग गर्दै एकताको आवाज र विचार प्रदर्शन गर्दै संसदीय सत्ता विरुद्द हामिले हाम्रो कानुन र हाम्रो जनसत्ता आफै स्थापित गर्ने अभियानमा लाग्यौ भने एकताको अपिल गर्नेहरुले पनि अन्त्यमा हामिसंगै एकता गर्ने हो। अाजकाे नेपाल उसै अाजकाे नेपाल भएकाे छैन ।



    अाजकाे नेपाल बनाउन श्री ५ धारि सत्तालाई पाखा लगाएर जनताको छाेराछाेरी याे देशकाे सत्ताकाे मालिक बनेका छन,जसको श्रेय धेरै माेर्चाहरू लड्ने क्रान्तिवीरहरुलाई जान्छ,महाकालीको दलाललाई जादैन।हाम्रा हजारौं कमरेडहरूकाे रगत तत्कालीन सत्ताले बगाईदियाे र पनि अनवरत मैदानमा लडयाै,सैन्य यातना खेप्याै धरपकड खेप्याै,हाम्रा महान मुक्ति याेद्वाहरूलाई जिउदेै पनि पुरियाे,कतिलाई संगिानले घाेचि घाेचि मारियाे,कतिलाई तड्पाइ तड्पाई त कतिलाई अनेकौं तवरले तत्कालीन समयकाे र अाजैकाे प्रधानमन्त्रीकाे कार्यकालमा बेपत्ता पनि बनाइयाे ।



    जनयुद्ध पछि क्यान्टोनमेन्टकाे बसाइ, ,क्यान्टोनमेन्ट पछि केही सिमित कमरेडहरू नेपाली सेनामा समायोजन हुनुभयाे भने जनयुद्धमा सयौं माेर्चा हरू लड्दा याेग्य सहयाेद्वाहरू शान्ति वार्ता पछि अयोग्यताको बिल्ला भिराई ५-५लाख रूपैयाँ दक्षिणा दिइएर use and throw काे रणनीतिका बाबजुद हाल अधिकांश हाम्रा कमरेडहरू मरूभुमिमा श्रम बेच्दै हुनुहुन्छ भने केही हामी नेपालमा नै छौं ।यसै कारण हाम्रो मुख्य घर च्याङ्धुजा भएर फुटेको छ,तत्कालीन जनयुद्धको हाम्रो नेतृत्व उहीँ हाम्रो कमरेडहरूकाे हत्याराे ,प्रतिगमनकाे प्राध्यापक देउवासंग सत्तामा गठबन्धनकाे राजनिति गर्दैछ भन्ने कुरा सर्व बिदितै छ र हाम्रो सहयाेद्वा र कमान्डरहरू द्वारा नेकपा शक्तिकाे रूपमा नयाँ क्रान्ति एकीकृत जनक्रान्तिकाे मार्गमा मुख्य घरबाट छुटिएर लागेेकाे कुराबारे धेरै नबाेलाै ।



    अनि यहि नयाँ प्रयाेग माथि तत्कालीन जनयुद्धका कमान्डर गृहमन्त्रीकाे पुलिसले गिद्दे नजर लगाइरहेको प्रती प्रश्र गर्न मन लाग्छ। तर हाम्रा नेता तथा कार्यकर्ता लाई धरकपड गर्दै बर्तमान गृहमन्त्रीकाे पुलिसले ज्यादति किन गरिरहेकाे छ? प्रश्र गर्न चाहन्छु । हामिले हाम्रो मद्दा उठान गर्न पाउदैनाेै?


















    लेखक -क. प्रसन्न पुर्वजनमुक्तिसेनाका प्लाटुन कमान्डर हुनुहुन्छ ।





सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …