• क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर  छांयाकनको सुरु गरेको छ । फिल्मको शनिबार काठमाडौंबाटै छायांकन शुभारम्भ भएको निर्माण पक्षले जनाएको छ ।
    काठमाडौंको बिभिन्न स्थानमा छायांकन सकेर पुरानो बुलेट निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए । यस्तै चलचित्रको निर्माण नियन्त्रक याम प्रसाद ओलीले भने ‘हाम्रो प्रि पोडक्सनको सम्पूर्ण कार्यहरु सकिएको छ । यस्तै कलाकारहरु पनि तम्तयार छन्, मात्र फ्लोचरमा जान बाँकी हो ।’



    चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । यस्तै निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् । हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…