• रसियामा जारी आयोजक राष्ट्र रसिया तथा स्पेनबीचको नतिजा 'एक्स्ट्रा टाइम'मा पनि नटुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको छ। निर्धारित ९० मिनेटको समयमा दुबै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो।

    अब दुबै टोलीले समान ५-५ पेनाल्टीको अबसर पाउनेछन्। सोमा अग्रता लिने राष्ट्र क्वाटरफाइनल पुग्नेछ।

    आजको खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।

    आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्‍यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।

    रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…