• मोरङ । नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आम हड्तालको प्रभाव मोरङको पथरीशनिश्चरे नगरमा आम्सिक रुपमा परेको छ । 
    यातायात बन्द बिहानैदेखि बन्द छ । पथरी बजारको पसलहरुमा भने आम्सिक प्रभाव परेको छ । 

    बन्द सफल पार्न पथरीमा संविधान सभाका सदस्य तथा पार्टी जिल्ला सदस्य चण्डिप्रसाद राई, नगरप्रमुख दिलिमकुमार राई (किशोर), दिनानाथ तिम्सिना, बालकुमार मगर (बिकास)टंक भण्डारी, युवा नेता रबिन राई लगायतका नेता कार्यकर्ताहरु मुख्य सडकमा झण्डासहित रहेका छन् । 
    करिब ९ बजे निस्नेका करिब तीन सय नेता कार्यकर्ताहरु बजारको पश्चिम, पूर्ब र वीचमा गरी तीन ठाउँमा झण्डासहित बसेका छन् । सडक बन्द भएपनि बजार भने आम्सिक रुपमा मात्र प्रभाव देखिएको छ ।  

    बजारका केही ब्यापारिल भने सामाजिक सञ्जाल मार्फत कसैको धम्किले पसल बन्द नगरिले बताएका थिए । पथरी उद्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेतले आफूहरु बजार कहिले बन्द नगरिने पक्षमा रहेको बताए । आफ्नो हार्डवेर पसल बिहानै देखि खुल्ला रहेको उनले बताए । 


    पथरीमा बिहिबारे हाट (बजार) लाग्दछ । बजारको दिन भएकोले पसलहरु भने १२ बजेसम्म बन्द गर्ने सल्लाह भएको पार्टी जिल्ला सदस्य टंक भण्डारीले बताए । 
    नगर समितिको इन्चर्जा समेत रहेका जिल्ला सदस्य दिनानाथ तिम्सिनाले १२ बजेसम्म बजार बन्द गराउन पाइकिङ्ग भइरहेको बताए । शान्तिपूर्ण आन्दोलन भएकोले सकेसम्म संयमता अपनाइने तिम्सिनाले बताए । युवाहरु तोडफोडमा उत्रिन खोजेपनि आफूहरुले नियन्त्रणन गरेको भण्डारीले बताए । 


    नगरको नीजि बिद्यालयहरु भने बन्द भएका छन् । बिद्यार्थी नआएर सरकारी विद्यालय पनि बन्द हुने पञ्चायत माबिका प्रधानाध्यापक अर्जुन बुढाथोलीले बताए । यद्यपि बन्द गराउन कसैले नभनेको प्रअ बुढाथोकीको भनाइ छ । पूर्बी मोरङको उर्लाबारी र बेलबारी नगरमा यातायातको साधन बन्द भएपनि बजार भने खुल्लै रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…