रसियामा जारी नकआउट चरणको जारी डेनमार्क र क्रोएशियाबीचको खेलमा दुबै देशले १-१ गोलको बराबरी गरेका छन्।
खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो। उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थिए।
डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए। तर उसको अग्रतलाई क्रिएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन्। खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काए।
यस विश्वकपमा क्रोएशियाले आकर्षक खेल खेल्दै आएको छ। सन् १९९८ मा भएको विश्वकपमा सेमिफानलसम्मको यात्रा तय गरेर सनसनी मच्चाएको क्रोइशियाले यस विश्वकपमा पनि सनसनी मच्चाउन सक्ने अनुमान गरिएको छ।