• बुटवल महिला जेसिजको आयोजनामा एक दिने प्रभावकारी सार्वजनिक भाषण कला तालिम सम्पन्न भएको छ । तालिमको बारेमा जानकारी दिंदै महिला जेसिजका अध्यक्ष राधिका पोख्रेलले जेसिज नेतृत्व विकास गराउने संस्था भएकाले आफ्नो कार्यकाल अवधिभर विभिन्न तालिम संचालन गरी जेसिजममा आबद्ध महिलाहरुलाई अझ सशक्त बनाई अघि बढाउने बताईन् । तालिममा प्रशिक्षण दिंदै प्रशिक्षक गोपाल अधिकारीले सिकेका कुरालाई व्यवहारमा उर्तान सकेमात्र सिकाई प्रभावकारी हुने भन्दै सबै सदस्यलाई प्रभावकारी बोलीका लागि आवश्यक गुणहरुका बारेमा जानकारी गराएका थिए ।

    उक्त तालिममा बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले जेसिजले यसतो प्रशिक्षण आयोजना गरेर सहभागीहरुमा अन्तरनिहीत प्रतिभालाई उजागर गर्न सहयोग गरेकाले आगामी दिनमा पनि यस्तै प्रभावकारी तालिम आयोजना गर्न सुझाव दिईन् । तालिममा पूर्व अध्यक्ष कल्पना जोशी, मन्जु पराजुली, मन्जु भुषाल, निर्वतमान अध्यक्ष रुपा पाण्डे, बुटवल जुनियर जेसिजका अध्यक्ष कपिल श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो । महिला जेसिजका महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रमका संयोजक अन्जली शर्माले उपस्थित सबैलाई स्वागत गरेकी थिईन् । कार्यक्रममा आस्थापाठ प्रभ गौतमले गरेकी थिइन् ।महिला जेसिजका अध्यक्ष राधिका पोख्रेलको अध्यक्षतामा भएको तालिममा करिब ५० जना महिला जेसिजका सदस्यहरुको सहभागिता रहेको थियो ।

    प्रमाणपत्र ग्रहण गर्दै सहभागी मध्ये वर्ष २०१८ का भिपी कमला लम्साल र सदस्य सविना टण्डनले तालिमले आफुहरुको बोल्ने बानकिो विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रभावकारी उपयोग गर्न आफूहरु तयार रहेको भनाई राखेका थिए ।

    तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…