• उर्लाबारी । राष्ट्रिय धान दिवसको अवसरमा उर्लाबारी—८ को न्यू भिजन एकाडेमीले बालबालिकालाई खेतमा पुर्याएर धान रोप्न सिकाएको छ ।
    बढ्दो शहरीकरण सँगै विद्यालय तहमा अध्यन गर्ने विद्यार्थी हरुलाई यस्तो प्रकारको सिकाई फलदायी हुने बिश्वास गरिएको विद्यालयका प्रिन्सिपल अजित भट्टराईले बताउनुभयो ।
    विद्यालयका प्रिन्सिपल भट्टराईका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय नजिकै रोपाइँ गर्न ठिक्क बनाइएको खेतमा लिएर रोप्न सिकाएको हो ।


    बालबालिकालाई धान, चामल, खेत, माटो लगायतका विषयमा इन्टरनेटमा जानकारी दिनुपर्ने अवस्था हुँदा उनीहरूलाई यस विषयमा प्रत्यक्ष जानकारी दिन खेतमै लगिएको विद्यालयका फाउण्डर कमल गौतमले जानकारी दिनुभयो ।
    बढ्दो आधुनिकतासँगै माटो छुनु गलत हो भन्ने मानसिकता वृद्धि भइरहेको भन्दै माटोलाई सम्मान गर्न सिकाउनका लागि बालबालिकालाई व्यवहारिक ज्ञान दिन जरुरी रहेको गौतमको भनाई छ
    हेर्नुहोस्, बालबालिका खेतमा पुगेर हिलो खेल्दै धान रोपेको फोटो फिचरः

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…