• लक्ष्मीमार्ग । “सम्वृद्धिका लागी वन र स्वच्छ वातावरण” भन्ने मुल नाराको साथ विहिवार जिल्ला वन कार्यलय मोरङको आयोजनामा लक्ष्मीमार्ग स्थीत लक्ष्मी सामुदायीक वन क्षेत्रमा वृहत्तर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेर राष्ट्रिय बृक्षारोपण दिवश सम्पन्न भएको छ । विगत पाँच वर्ष देखि निरन्तर रुपमा वृक्षारोपण गर्दै आएको लक्ष्मी सामुदायीक वन क्षेत्रमा हाल सम्ममा ११२ हेक्टर जमिनमा वृक्षारोपण गरीसकिएको र यस पटक १५ हेक्टरका वृक्षारोपण गर्न लागीएको लक्ष्मी सामुदायीक वनका अध्यक्ष लोक बहादुर बस्नेतले बताए । लक्ष्मी, सिर्जना र सिंहदेवी सामुदायीक वनले संयूक्त रुपमा सह आयोजकको रुपमा गरेको उक्त कार्यक्रममा १५ हेक्टर जमिनमा २५ हजार १ सय विरुवा रोपिने र जसमध्ये टिक १० हजार, मसला १० हजार, खयर ५ हजार र बाँसको विरुवा १ सय रोपिन लागीएको लक्ष्मी सामुदायीक वनका सचिव ज्ञानुराज राईले बताए ।

    वृक्षारोपण गरीएको सबै क्षेत्रमा व्यवस्थीत काणेतारको घेराबारा गरेको छ । कार्यक्रममा स्कुल शिक्षण कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा छानीएका छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरीएको थियो । त्यसैगरी जिल्ला भरीका उत्कृष्ट सामुदायिक वन समुह र उत्कृष्ट कर्मचारीहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरीएको इलाका वन अधिकृत भाउन्नेका प्रमुख तुलसीलाल यादवले बताए । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदि र बिशिष्ट अतिथिका रुपमा वन मन्त्रालयका उप सचिव पुर्णेश्वर सुवेदिको उपश्थीती रहेको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …