• प्रशान्त निरौला
    लेटाङ १८ असार । बिभिन्न रचनात्मक कामहरु गरेर जनताका मन जितेका लेटाङ नगरपालिकाका मेयर शंकर राईले एक पछि अर्को उदाहरिणय कामहरु गरिरहेका छन् । यसैक्रममा लेटाङ नगरपालिकाले १० जना अपांगता भएका व्यक्तीहरुलाई ह्वील चियर वितरण गरेको छ । आज नगरपालिको सभाहलमा भएको एक कार्यक्रममा शारिरिक रुपमा हिडडुल गर्न कठिन भएका लेटाङ नगरपालिकाका १० जनालाई ह्विल चियर वितरण गरिएको हो ।
    लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उनिहरुलाई ह्वील चियर वितरण गरेका थिए । ह्विल चियर प्राप्त गर्नेहरुमा लेटाङ २ की ईन्द्रमायाँ ठकुरी , लेटाङ ४ का देविप्रसाद भण्डारी , लेटाङ ५ का डेनिस राई , लेटाङ १ का देवि विक ,लेटाङ ५ का लक्ष्मिनारायण श्रेष्ठ , लेटाङ ४ का हरीवहादुर कार्की , लेटाङ ६ का मंगले मगर , लेटाङ ३ का विष्णुमाया दर्जी , लेटाङ ९ का भिमा ओझा र लेटाङ ४ का वलिराज राईलाई ह्वीलचियर वितरण गरिएको हो ।

    सोही अवसरमा लेटाङ नगरपालिका भरीका ३५ जना स्वास्थ्य स्यंमसेविकाहरुलाई प्रोत्साहन रकम पनि वितरण गरिएको छ । लेटाङ नगरपालिकाका भरीका वडामै काम गर्ने महिला स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयाको दरले एक वर्षको १२ हजार रुपैया वितरण गरिएको हो ।
    उक्त कार्यक्रममा उमेरहद तथा अन्य कारणले स्वयंसेविका वाट वाहिरिएका २ जनालाई विदाई तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । उनिहरुलाई जनहि २० हजार रुपैया समेत दिईएको लेटाङ नगरपालिकाका स्वास्थ्य शाखाका हरीशंकर साहले जानकारी दिए ।
    कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चापाँगाई, लेटाङ ३ का वडा अध्यक्ष देवराज चााम्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…