• प्रशान्त निरौला
    लेटाङ १८ असार । ग्रामिण महिला विकास केन्द्रले परियोजना समिक्षा वैठक सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यताका वर्ष भरी गरेरका कार्यक्रमको समिक्षा गरेको हो । लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले समाज रुपान्तरण खेलेको भुमिकाको वारेमा चर्चा गरिएको थियो । संस्थाले महिलाहरुको क्षमता विकासमा थुप्रै काम गरेको तथा वितिय क्षेत्रमा समेत संस्थाले काम गरेको कार्यक्रममा जानकारी दिईएको छ ।
    गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शुभकामना दिए । संस्थाले समाज रुपान्तरणका निम्ति थुपै कार्यक्रम गरेको भन्दै लेटाङ नगरपालिकाको सहयोगीको रुपमा संस्थालाई काम गर्न नगरप्रमुख राईले आग्रह गरे ।
    कार्यक्रममा लेटाङ नगरपालिका २ का अध्यक्ष तेजप्रसाद तिम्सिना , ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , ४ का वडा अध्यक्ष सन्तोष कार्की लगायतले शुुभकामना मन्तव्य दिएका थिए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…