• सिन्धुली, १९ असार  ।  यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्रहरीले जनाएको हो।

    जेठ ११ गते रामेछापको मन्थली नगरपालिका–७ की २४ वर्षीय वसुन्धरा खड्काको शव हत्या गरेको अवस्थामा सुनकोसी किनारमा प्रहरीले फेला पारेको थियो। खबर अन्नपूर्ण पोस्ट  दैनिकमा छ ।

    अनुसन्धान क्रममा भैरवनाथ गणमा कार्यरत दोलखा तामाकोसी–७ हावागैरीका ३६ वर्षीय लालबहादुर ढुंगेलले आफ्नो यौन प्रस्ताव नमानेपछि युवतीको हत्या स्वीकार गरेको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताए।

    ‘प्रहरीको विशेष अनुसन्धान टोलीले ढुंगेललाई भैरवनाथ दलबाटै पक्राउ गरेर ल्याएको थियो। अनुसन्धानका क्रममा ढुंगेलले आफूले यौन सम्पर्क गर्न प्रस्ताव राख्दा नमानेपछि ढुंगाले टाउकोमा हिर्काएर युवतीको हत्या गरेको स्विकारेका छन्,’ यादवले भने।

    युवतीको हत्या गर्ने ढुंगेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ। युवतीको हत्यापछि युवतीको फोन, ह्यान्ड ब्याग, पर्स, सुनका गरगहनालगायत सामग्रीसहित फरार ढुंगेललाई प्रहरीले ती सामग्रीसहित सार्वजनिक गरेको थियो।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ढुंगेललाई जेठ ३० गते पक्राउ गरेको थियो। अनुसन्धान क्रममा सोही सैनिक दलका जवान रामेछाप लिखु तामाकोसी–६ का सुरेश बुढाथोकी भने निर्दोष पाइएको एसपी यादवले बताए।

    ‘युवतीको टाउकोमा चोट लागेको र कालो रुमालले घाँटीमा बाँधेको, घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको अवस्थामा सुनकोसी किनारमा शव फेला पारेपछि अनुसन्धान क्रममा बुढाथोकीलाई नियन्त्रणमा लिइएको भए पनि उनी निर्दोष देखिएपछि उनलाई छाडिएको छ,’ उनले थपे।

    युवतीको हत्या गरेर गहना, पैसा, पर्स र मोबाइलसमेत लुटेर लगेको अवस्थामा हत्यारा ढुंगेलले आफ्नो सबै मोबाइल अफ गरे पनि युवतीको फोन अफ नगरेको अवस्थामा उनको फोनको लोकेसनका आधारमा पक्राउ गर्न सकिएको यादवको भनाइ छ।

    प्रहरीले ढुंगेलले सैनिक दलभित्रै लुकाएर राखेको अवस्थामा केही केटीको नागरिकता, अश्लील फोटो र १३÷१४ वटा सिमकार्डसमेत बरामद गरेको छ। एसपी यादवले थपे, ‘हत्या फिल्मी सैलीमा भएको छ, हिरो एउटा र भिलेन अर्को पाइयो।

    युवतीका प्रेमी बुढाथोकी छुट्टी सकेर दलमा फर्कने र ढुंगेल छुट्टी मागेर घर आउने एकै दिन परेको छ। बुढाथोकी हिरो र ढुंगेल भिलेनको रोलमा उत्रेझैं लाग्छ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…