पथरीशनिश्चरे, १९ असार
मोरङको पथरीशनिश्चरे नगरमा लागु औषध दुव्र्यसनी बढ्न थालेपछि दुव्र्यसन रोक्ने सचेतनाका लागि कचहरी नाटक ‘अँध्यारो जीवन’ प्रदर्शन सुरु भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा पथरी मिडिया प्रालिको आयोजनामा नगरमा बढेका लागू औषधका दुव्र्यसनबाट युवा पुस्तालाई सचेत गराउन यसखाले नाटक प्रदर्शन थालिएको पथरी मिडिया प्रालिका सचिव सरोज तिम्सिनाले जनाउनु भयो ।
पूर्वको चर्चित हाँस्यटेलिश्रृंखला ‘दोबाटे’का कलाकारहरुमार्फत हिजो वडा नम्वर ५ को हसन्दह बजार, ८ को सखुवारा सोमवारे बजार र ४ र ९ को सीमामा पर्ने शनिश्चरे चोकमा नाटक प्रदर्शन भएको छ । आज ७ नम्वरको किर्तिपुर बजार, ६ नम्वरको भातेगौंडा बजार र ४ नम्वरको कुशलचोक बजारमा नाटक प्रदर्शन हुनेछ ।
नगरका १० वडाका १० ठाउँमा दर्शकको सुझाव लिएर गरिने ‘कचहरी शैली’मा नाटक प्रदर्शन हुने छ ।
मादक पदार्थ सहित लागू औषधको दुव्र्यसनीबाट विपन्न र सम्पन्न परिवार समेत भताभुङ्ग बनेको कुरा दर्शाउँदै बेलैदेखि आफ्ना छोराछोरीको निगरागी गरेर सही बाटोमा डोर्याउन अभिभावको भूमिका रहनु पर्नेमा नाटकले जोड दिएको छ । पैसा हुनेहरु नमात्तिने र पैसा नहुनेहरु नआत्तिने सन्देश छ ।
पैसा हुनेहरुले पैसाको दुरुपयोग गरेर र पैसा नहुनेहरुले आफु पछि परेको ठानेर दुव्र्यसनतिर धकेलिएको अवस्था दर्शाइएको छ । विहे गरेपछि श्रीमती छोडेर विदेश गएकाहरुका श्रीमतीहरु समेत यौन तथा लागू औषधको दुव्र्यसनमा फसेको समसामयिक अवस्थालाई दर्शाउँदै स्वदेशमै संगै बसेर प्रगति गर्न सकिने सन्देश दिएको छ । दुःख गरेर संघर्ष गर्नेहरुले नै संसारमा ठूलो सफलता हाँसिल गरेको नाटकको सृजनशीलताको कुराले नयाँ पुस्तालाई सन्देश दिएको दर्शक पथरीशनिश्चरे ८ की राधा नेपालले प्रतिक्रिया दिनुभयो ।
लागू औषध दुव्र्यसन रोक्ने उपायका लागि दर्शकले नाटक प्रर्दशनस्थलभित्र पसेर कलाकार सरह अभिनय गर्दै उज्यालो जीवन निर्माण गर्न कचहरी गरेका छन् ।
भूपेन्द्र तिम्सिनाको परिकल्पनामा कलाकारहरु कमलराज भुजेल, हरेन्द्र खत्री, कमला घिमिरे नेपाल, सरोज तिम्सिना, मेनुका राई सहितको नाटकमा अभिनय रहेको छ ।