• नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफ लगत्तै टयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराईदिएका थिए । तर मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठुलो चोट लागेको झै अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

    त्यसले उनले देखाएको सकरात्मक प्रदर्शनलाई भने ओझेल बनाउन सकेन् । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टान जस्तै बन्यो ।

    विश्व च्याम्पियन जर्मनीमाथी १–० को विजय हात पारी विश्वकपमा सानदार सुरुआत गरको मेक्सिको अन्त्य परमपरागत रुपमा नै रहयो । १९९४ को विश्वकप देखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुदैं आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न सकेको छैन ।,यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…