काठमाडौं । गायिका मेलिना राई र गायक कर्ण राना मगरको ‘छेक न छेक’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको शब्द रहेको भिडियोको निर्देशन तथा छाँयाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । चर्चित मोडल अनु शाह सहित किंङ थक्लुङ,विवेक र उदयले भिडियोमा अभिनय गरेका छन् । अमोस तामाङको एरेन्ज रहेको भिडियोमा टेकेन शाहले इडिट गरेका हुन् । चर्चित मोडल अनुसँगै अन्य कलाकारले गीतको भाव अनुसारको अभिनय गरेकोले भिडियो एकदमै उत्कृष्ठ भएको निर्देशक भुपेन्द्र तुम्बाहाम्फले बताए ।
https://www.youtube.com/watch?v=leWqCBoOgDw&feature=youtu.be