• ब्राजिलका स्टार नेइमारले आफूमाथि लागेको आरोपको कडा खण्डन गरेका छन् । नेइमारले भनेका छन्,‘त्यो बेला पलाई असाध्यै पिडा भएको थियो, मैले आफ्नो पिडा नियन्त्रण गर्न सकिन ।’ उनले अघि भने, ‘ममाथि अस्वभाविक रुपमा आरोप लगाइयो ।’ रुसमा जारी विश्वकपमा नेइमार विपक्षी खेलाडीसँगको सामान्य ट्याकलको क्रममा पनि निकै ठूलो चोट लागे जसरी लड्ने गरेको र सानो कुराको ठूलो प्रतिक्रिया देखाउने गरेको भन्ने आरोप छ ।



    सामाजिक सञ्जालमा त नेइमारको यो व्यवहारलाई नाटकको संज्ञा दिँदै मजाक उडाइएको छ । तर नेइमारले भने साँच्चीकै दुखाइ भएको बताएका छन् । त्यो खेलमा २६ वर्षका नेइमारको गोलीगाँठोमा मेक्सिकोका मिगुएल लायुनले सुस्तरी छोएको जस्तो देखिएको थियो । तर नेइमारले त्यसमा ठूलै कुरा भएको जस्तो गरी मैदानमा लडे । सबैको ध्यान आफू तिर ताने ।

    उनको यो व्यवहारको मेक्सिकोका प्रशिक्षकले आलोचना गरेका थिए । मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भनेका थिए, ‘नेइमारको अभिनय फुटबलका लागि राम्रो उदहारण होइन ।’ मेक्सिकोले खेल अघि धेरै बोलेको र अहिले पराजित भएर घर जानु परेकाले आरोप लगाएको नेइमारको भनाई छ । मेक्सिकोसँगको खेलमा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाए । ब्राजिलले अब जापानलाई ३-२ ले हराएर आएको बेल्जियमसँग अन्तिम ८ मा आउँदो सोमबार प्रतिस्पर्धा गर्नेछ । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…