• उर्लाबारी  । उर्लाबारी ५ मोरङका ध्रुवचन्द्र पराजुली लगायत ३ जनाले उर्लाबारी ६ मा सञ्चालन गरेको एच के आर इण्डष्ट्रिजद्वारा उत्पादित ओजन ब्राण्डको पानी उद्योगमा लागेको सिल बिहीबार दिउँसो खोलिएको छ । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरको पत्रका आधारमा खाद्य निरीक्षण दिनेश ढुंगानाले उद्योगमा लागेको सिलबन्दी खोलेका हुन् ।


    उद्योगमा गत जेठ ३१ गते क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शिल लगाएको थियो । उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, स्थानीय भक्त बहादुर श्रेष्ठ, सञ्चारकर्मी हरि कोईराला र किसोर श्रेष्ठ लगायतको उपस्थितिमा खाद्य निरीक्षण ढुङ्गानाले शिल खोलेका हुन् । उद्योग मापदण्ड विपरीत रहेको भन्दै सिलबन्दी गरिएको भएता पनि यसको सुधारका पक्षहरुमा काम गर्न सहज होस् भनेर सिल खोलिएको खाद्य निरिक्षण दिनेश ढुंगानाले बताए । सिल खोलीएको भएता पनि बिक्री बितरण भने हाललाई रोक लगाईएको पनि उनले जानकारी गराएका छन् । मापदण्ड पूरा भएपछि मात्र बिक्री बितरण खु्रल्ला गरिने उनले जानकारी गराए ।


    जतिसक्दो चाँडो उद्योगमा देखिएका कमी कमजोरीहरुलाई पुरा गर्ने संञ्चालक ध्रुवचन्द्र पराजुलीले बताए । उपभोक्तालाई स्वच्छ पानी खुवाउने कुरामा आफ्नो टिम कटिवद्ध भएर लाग्ने पराजुलीले बताएका छन् । उपभोक्ताहरुलाई आगामी दिनमा पानीको गुणस्तरमा अलिकति पनि कमजोरी नहुने पनि उनले बताए । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङसहित जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा केही मापदण्ड अपुग भेटिएपछि उद्योगमा सिलबन्दी गरेको थियो ।






सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…