काठमाडौँ- म्याराडोनाले ब्राजिलले विश्वकप ट्रफी उचालेको हेर्न चाहेको बताएका छन् ।मैले दक्षिण अमेरिकी भएर ब्राजिलको समर्थन गरेको होइन ।एउटा खेलाडीको आँखाले हेर्दा पनि यो विश्वकप जित्ने क्षमता ब्राजिलसँग मात्रै देखेको छु भन्दै उनले ब्राजिललाई उपाधिको बलियो दाबेदार मानेको बताएका छन् ।ब्राजिलका प्रशिक्षक टिटेको क्षमतामा पनि विश्वास रहेको बताउदै म्यारोडोनाले प्रशिक्षक टिटेको क्षमतामा पनि विश्वास गरेका छन् । उनी प्रतिद्वन्द्वीअनुरूप रणनीति बनाउन खप्पिस छन् ।
उनको रणनीतिलाई खेलाडीले पनि मैदानमा अवलम्बन गर्दै आएका छन् । ब्राजिलियन टोलीमा थुप्रै युवा प्रतिभा छन् । उनीहरू विश्वकप ट्रफी उचाल्ने क्षमता पनि राख्छन् ।आफू हाँसोको पात्र बन्ने वा उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जित्ने भन्ने विषयमा नेमारले पनि निर्णय लिनुपर्छ । उनीजस्ता उत्कृष्ट खेलाडीले अनावश्यक नाटक गरेको सुहाउँदैन भन्दै उनले ब्राजिलले विश्वकप ट्रफी उचाल्नै पर्ने बताएका छन् ।