• रूपेन्द्र शेर्मा
    उर्लाबारी, २३ असार ।
    प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्राकृतिक स्रोत दोहनको बिषयमा तयार पारिएको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएका छन् । उर्लाबारीको सोल्टी र मिक्लु खोला च्यानलाइज गरी प्राकृतिक स्रोत दोहोन गरेको आरोपको बिषयमा तयार पारिएको अध्ययन प्रतिवेदन चाँडै सार्वजनिक गरिने उनले बताए ।
    मोरङको उर्लाबारीमा सञ्चालित ‘प्रथम उर्लाबारी कप भलिबल प्रतियोगिता’ को शनिबार भएको समापन समारोहमा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्राकृतिक स्रोत दोहोन गरेको भन्ने आरोप उपर भएको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेपछि प्रदेश मन्त्री कार्कीले यस्तो जावाफ दिएका हुन् । प्राकृतिक स्रोत दोहोन गरेको आरोपको बिषयमा तयार पारिएको अध्ययन प्रतिवेदन चाँडै सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने कार्कीको भनाई छ । ‘निश्पक्ष र सत्यतथ्य प्रतिवेदन चाँडै सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनेछु’, प्रदेश मन्त्री कार्कीले भने ।

    प्रदेश मन्त्री कार्कीले प्रदेश–१ लाई खेलकुद हब बनाइने प्रतिबद्धता समेत व्यक्त गरे । उनले खेलकुद विकासका लागि बर्षेनी बजेट बिनियोजन गरिने उल्लेख गरे ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले उर्लाबारी क्षेत्रमा खेलकुद विकासलाई प्राथमिकतामा राखिएको बताए । खेलकुदको विकासका लागि नगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्ने उनले बताए । युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न नगरपालिकाले नीति र कार्यक्रम अख्तियार गरेको फागोले बताए । नगर प्रमुख फागोले आफूविरुद्ध लगाइएको सोल्टी र मिक्लु खोला च्यानलाइज गरी प्राकृतिक स्रोत दोहोन गरेको आरोपको बिषयमा प्रतिवेदन चाँडै सार्वजनिक गर्न प्रदेश सरकारसँग माग गरे । सोल्टी र मिक्लु खोलाको बिषयमा आफूविरुद्ध अपवाह फैल्याइएकाले जनतालाई सत्यतथ्य प्रतिवेदन जानकारी गर्न आवश्यक रहेको भन्दै उनले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीसँग यस्तो माग गरेका हुन् ।

    उर्लाबारी नगर खेलकुद विकास समितिको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित सो प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले हात पारेको छ । फाइनल खेलमा उर्लाबारी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले उपाधि हात पारेको हो । बिजेता दमकलाई रु.७५ हजार तथा उपविजेता उर्लाबारीलाई रु.५० हजार नगदसहित टफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा दमक, शिवसताक्षी, कमल, गौरादह, कन्काई, कानेपोखरी, मिक्लाजुङ, पथरीशनिश्चरे, लेटाङभोगटेनी र उर्लाबारीको टिम सहभागिता रहेको आयोजक नगर खेलकुद विकास समिति उर्लाबारीका अध्यक्ष भिष्म बुढाथोकीले जानकारी दिए ।
    यसैबीच मोरङको उर्लाबारी नगर क्षेत्रका २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई शनिबार सहायक सामग्री बितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीले मंगलबारे अस्पतालमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सहायक सामग्री बितरण गरेको हो ।

    उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग तथा सिबिआर बिराटनगरको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीले उनीहरुलाई सो सामग्री बितरण गरेको हो । उनीहरुलाई अर्थोसिस, ट्राइसाइकल, बैशाकी, एल्बो बैशाकी, एल लद्री, विशेष कुर्सी र उभिने साधन बितरण गरिएको सिबीआर बिराटनगरका प्रतिनिधि हरेन्द्र लिम्बुले जानकारी दिए ।
    अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री बितरण गर्दै नगर प्रमुख खड्ग फागोले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गर्न नहुने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्र्दैै मानसिकरुपमा अपाङ्ग पनि सपाङ्ग भन्दा कमजोर नहुने बताए । समूहका अध्यक्ष ब्यासकुमार लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख लक्ष्मी भण्डारी, सिबीआर बिराटनगरका प्रतिनिधि हरेन्द्र लिम्बुलगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…