• अशोज १६ , रौतहट ।

    रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिबिधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन । होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीनै स्वयम आफनो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।

    ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिला लाई कार्यालयको कक्षमानै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरपछि स्थानीय आक्रोशित बनेका हुन । ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउकै एक महिला संग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

    ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब  उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिला लाई हिरासतमा लिएको बताउनु भयो । समाजमा हुने बिकृती, कुरीति हटाउदै शान्ति सुरक्षामा खटिनु पर्नेप्रहरीनै कार्यालयमा यौनधन्दा गरेर समाजमा लज्जित तुल्याएको आरोप स्थानीयको रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…