काठमाडौं । दुवै मृगौला बिग्रीएर उपचार गराईरहेका समिर तामाङको उपचारका लागि नेपाली बुद्ध भिजन ओमनले आर्थिक सहयोग गरेको छ ।
नेपाली बुद्ध भिजन ओमनले नगद १८ हजार ५सय २५ आर्थिक सहयोग गरेको हो । काठमाडौं तिनचुलेमा संस्थाका अध्यक्ष निग्मा तामाङको श्रीमती लालुङ तामाङले उक्त नगद समिरलाई हस्तान्तरण गर्नुभयो ।
आफुहरुको सानो सहयोगले प्रतिभाशाली समिर भाईको उपचारमा सहयोग पुग्छ भने किन सहयोग नगर्ने भनेर सहयोग आर्थिक सहयोग गरिएको संस्थाकी कोषाध्यक्ष लक्ष्मी तामाङले बताउनुभयो । उहाँले समिरको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।