• उर्लाबारी/ पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाललाई करिब ६० लाख रुपैयाँ बराबरको ६ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको छ ।
    उर्लाबारी–६ का जंगबहादुर कार्की, अमृत तामाङ र ज्ञानु बास्कोटाले उक्त जग्गा क्लबलाई दिएका हुन् । जग्गा मंगलबार कल्पना कार्की र राजकुमारी तामाङले मालपोत कार्यालय बेलबारीमा सञ्चार क्लब नेपालको नाममा रजिष्टेसन पास गरिदिएका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेत, सञ्चार क्लब नेपाल जग्गा खोज तथा भवन निर्माण समितिका संयोजक जयधर्म आचार्य र पूर्व अध्यक्ष रुपेन्द्र शेर्माको उपस्थितिमा रजिष्टेसन पास गरी हस्तान्तरण गरिएको हो । जग्गा प्राप्त भएसँगै भवनसहितको बृहत गुरु योजना बनाएर अघि बढ्ने अध्यक्ष बस्नेतले बताए । जग्गा खोज तथा भवन निर्माण समितिका संयोजक आचार्यले भवन निर्माणका लागि जग्गा प्राप्तसँगै बाटो खुलेको बताए । उनले भवन निर्माणसँगसँगै सामुदायिक भवन र पार्कको योजना पनि रहेको बताए । जग्गादाता कल्पना कार्कीले पत्रकारहरुको भवन निर्माणका लागि जग्गा सहयोग गरेको बताइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…