• १७ असोज,काठमाडौं ।

    प्रमुख विपक्षी एमालेसँग एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।

    सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी चरित्र अनैतिक भएको निष्कर्ष निकालिएको कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले बताइन् ।एमाले र माओवादीको सहमति घोषणा  भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो ।

    कांग्रेस बैठकले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।

    एमालेसँगको सहमति सार्वजनिक गर्नुअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार दुई पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । माओवादीले एमालेसँगको एकता, चुनावी तालमेल र एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि केन्द्रित रहेकाले सत्ता गठबन्धनलाई असर नगर्ने बताएको छ ।

    स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलको प्रयास गरिरहेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …