• ताप्लेजुङ, असार २६ । ताप्लेजुङ स्थित फुङ्लिङ नगरपालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । फुङ्लिङ नगरपालिका कार्यालयले पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित स्थानीय पत्रकार गौतमलाई पुरस्कृत गरेको हो ।

    गएको आइतबार सम्पन्न नगरपालिकाको तेस्रो नगरसभाद्वारा पारित नीति कार्यक्रम, बजेट तथा निर्णयहरु सार्वजनिक गर्न मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत गौतमलाई नगरप्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा), प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले संयुक्त रुपमा नगद पुरस्कार, प्रमाणपत्र वितरण गरका थिए । पत्रकार गौतम कान्तिपुर पब्लिकेसनका ताप्लेजुङ सम्बाददाता हुन् ।

    यता तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷७६ का लागि चालूतर्फ ३२ करोड ६७ लाख ४५ हजार ४०० र पुँजीगततर्फ १७ करोड १८ लाख ६१ हजार गरी कुल ४९ करोड ८६ लाख छ हजार ४०० रुपैयाँको बजेट ल्याएको प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । नगरसभाले विभिन्न १७ वटा नियमावली तथा कार्यविधि समेत पास गरेको साथै राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तिका दिन सार्वजनिक विदा दिने निर्ण भएको समेत फुङ्लिङ २ का वडाध्यक्ष तथा नगरप्रवक्ता न्यौपानेले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…