• अशोज १८ काठमनडौ
    By:Ratokalam 

    हिजो पनि सुनेको हो,आज पनि फेरि सुनियो यो बाम एकता नाम दिएको नया कम्पनी आज सम्भावनाको खेलमा रुपान्तरित भइ मुलुकको राजनितिले नया कार्यदिशा तय गरिसकेको छ।सामाजिक संजालमा बहिस्कारवादी मत धेरै जसो केन्द्रका विशेष शुभचिन्तकहरुबाट आक्रोशको रुपमा खनिएको आकोश बारे केही सन्दर्भ उठान गरौं,एकैछिन मौन भइ विचार गरौ,यो सबै विधि सग विडम्बना जोडिएको हुन्छ,कहिलेकाही विडम्बनाले पनि विधिको कर्म गरिरहेको हुन्छ।

    राजनितीमा व्यक्तीको कुनै सरोकार हुदैन ,प्रबृत्तिको हिसाब मिनाहा राजानितीले सुशासनको राज्य निर्माण भन्दा पनि उहीँ टुट र फुटको श्रृङखला प्रारम्भ गर्नेछ।यतिबेला सारा विश्व मौन छ तर तरङ्ग भने अवश्य नै ल्याएको छ।आश्चर्यजनक मेल गराएको छ विपक्षी ध्रुवको ।

    यदि यो ध्रुव नेपाली राजनीतिमा असन्तुष्ट भयो भने उब्जने चुनौती नै नेपालमय हुने सुर्य हुनेछ।महाकालीमा बाफ उडाइदिने सुर्यले पार्टी भित्र ख्याल ठट्टा र रमाइलो गराइदिएर एजेन्डा पनि पानी जहाजमा कुदाइदियो भने त्यतीबेला मुलुकको सिंहदरवार हास्ला तर गाउँ वस्ती र जनता रमाउन अवश्य पनि पाउदैनन ।

    यो बाम एकता ऐतिहासिक बन्नको लागि यति सहज जम्मा २ मिनेटले कति ठूलो ऐतिहासिक स्थान पाउथ्यो जहाँ वैद्य धार र विप्लव धार जोडिएको थियो भने तर यहाँ विचारको अलावा रमाइलो जोडियो।त्यही रमाइलोले दासढुङ्गाको हर हिसाब मागेन ,महाकालीको क्षमा समेत नमगाई कमरेड ओलीले आफ्नो र झलनाथ,माधव र नेम्वाङ जी हरुको नाम जोड्दै जन्मस्थलको जीवनी बाट सुर्य चिन्ह सम्मको नेपालमय आफ्नो रजनिती स्थापित गर्न माहिर व्यक्तित्वले भोलि हसिया हथौडाको इतिहास कायापलट गर्न खोज्दै गर्दा अब यो एकताले बाम एकताको लागि पूर्ण रुप कसरी सार्थक पार्ला?

    यो देश टाउका गनेर जोडिएकाहरुको मात्रै होइन पौने चार करोड नेपालीको हो ।यहाँनेर बाम एकता एकदम उचित कदम तर खै क्रान्तिकारीहरुको एकता?क्रान्तिकारीहरु भनेका परिवर्तनकारीहरु हुन,खोइ त्यहा सम्बोधन?उ के हो ४०/६० को अकाउन्ट खै १७००० को मौनधारण ????कार्यक्रमले मौन धारण पायो कि पाएन हामिले च्यानलमा देख्न पाएनौ।सबै कुरा सम्भव हुन्थ्यो भने म्यादी प्रहरी ३ महिना लठ्ठी बोकेर स्थायी प्रहरी भयो,जनमुक्ती सेना १० वर्ष बन्दुक बोकेर क्यान्टोनमेन्टबाट साउदी गयो

    ।किन त्यो सम्भव हुन सकेन??? हो सम्भावनाका खेलहरुले आज राजनितिक दलको संख्यामा परिवर्तन गरेको छ ।तर यहाँ एनजिओ,आइएनजिओ खारेजका सम्झौता हुनै सकेनन,यहाँ चुनावी सुटिङ्को मात्रा अधिक देखिएको छ। जनताले हसिया हथौडा र माओवादी ईतिहास सुन्न पनि नपाउने गरि भएको यो बाम एकतामा सहिदहरुको बलिदानीले हारेको छ।

    महाकाली बेचेको अपराध क्षम्य,मदन भन्डारीको इतिहास गायब बनाउनै थियो जबज डिलेट उसले चाहेर पनि डिलेट गर्न नसकेको अवस्थामा माओवादलाई आगो लगाएर जलाएर दासढुंग्गा र महाकाली चोखो भएर रातो सुर्यले जलाउदै गरेको हसिया हथौडाले अब के कस्ता चुनौती र भय हरु निम्त्याउला त? सकारात्मक रुपमा हेर्दा त नकारात्मक पनि सुन्दर देखिएला तर

    … हिजोबाट मदन भन्डारी विधिवत मारिए,जबजको दाहसस्कार सबै मलामी गएर भयो भने माओवादी ईतिहास पनि पत्तासाफ भइ कथित एनेकपा नामको नया तीन खुट्टे बाच्छो पो जन्मियो !! हिजो सहिदकोशरिर संगीनले घोच्दा लगाएको नारा जनयुद्द जिन्दावाद !!

    हिजो दुश्मनले सहिदको श्रीमतीलाई विधुवा बनाउने समयको माओवाद जिन्दावाद आज कू भएको दिन हिजोको प्रतिक्रियावादी भनिएको शक्ति आज मित्र शक्तिको रुपमा सम्मोहन जोधाहा जस्तो एकता आज साच्चिकै समाजवादी यात्रा तिर लागिसकेको जस्तो हावा र हुरि अनि बनेका नया समाजवादी क्रान्तिकारी भएको पाउँदा अब भोलि देखि हामिले हिजो कमरेड भनेर सम्बोधन गर्ने साथिको शत्रुको रुपमा विश्लेषण पाउछौं कि भन्ने भय संगै यो एकता बाम एकता नभएर राष्ट्रवादीहरुसगको आत्मासमर्पण हो भन्न चाहन्छु ।

    अन्त्यमा , राजनिती सम्भावनाको खेल नै हो रहेछ।यो सम्भावनाको खेल कालान्तरमा गएर विडम्बना नबनोस।नया पार्टीलाई शुभकामना साथै केन्द्रमा ७/८ जनाको नेतृत्वको आवाज जुन अहिले ८ जना नै केन्द्र्मा राखिए पनि देशभक्त जोधाहाहरु नसमेटीएको एमाले माओवादी एकतालाई बाम एकताको नाममात्रको संज्ञा दिदै सबैमा परिवर्तनमय अभिवादन । लक्ष्मण चौलागाईं"विद्रोही"

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …