• विराटनगर, २८ असार ।  सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको सातौँ स्थापना दिवसका उपलक्ष्यमा बुधबार यहाँ तीन सञ्चारकर्मीलाई पुरस्कृत गरियो ।

    प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उर्लाबारीकी पत्रकार ज्योति चौहानलाई रु १० हजार राशिको ‘मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार–२०७५’ विराटनगरका अभय राईलाई रु २१ हजार राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार–२०७५’ र इलामका भीम चापागाईंलाई रु ३१ हजार राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्नुभयो ।


    उक्त कार्यक्रममा समाजसेवी दिनबन्धु गोयलले ‘ओमप्रकाश गोयल पुरस्कार’ को राशि आगामी वर्षदेखि रु ५१ हजार पु¥याउने घोषणा गर्नुभयो ।

    सञ्चारकर्मी सहकारीका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले पुरस्कृत पत्रकारले मुलुकको समृद्धि प्राप्तिमा मद्दत पुग्ने ढंगले कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।

    मीना श्रेष्ठ महिला पत्रकार पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भइसक्नुभएको छ ।

    विगतमा राष्ट्रिय समाचार समिति पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा समाचारदाता रुपमा कार्यरत रहनुभएकी मीना श्रेष्ठले पूर्वाञ्चल क्षेत्रमा कार्यरत महिला पत्रकारलाई प्रदान गर्ने गरी विसं २०७२ मा रु १ लाख २५ हजार रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । श्रेष्ठ हाल अमेरिकामा बसोबास गरिरहनुभएको छ ।

    मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट यसअघि कुमार लुइँटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भइसक्नुभएको छ ।

    समाजसेवी दिनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा रु तीन लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । यस कोषको रकमबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने उत्कृष्ट एक पत्रकारलाई रु ३१ पुरस्कार प्रदान गर्ने गरिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…