एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो बायोपिक फिल्म ‘सञ्जू’ हेरेपछि २० मिनेट रोएका छन् । दुई हप्ता अघि प्रदर्शनमा आएको सञ्जूकाबारेमा अन्तर्वार्ता दिने क्रममा अभिनेता सञ्जयले फिल्म हेरेपछि आँशु थाप्न नसकेको बताएका छन् ।
इण्डिया टुडे टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो बायोपिक फिल्म सञ्जू हेरेपछि रोएको बताए । फिल्म हेरुन्जेलसम्म मन थामेर बसेको र सकिएपछि रोएको उनको भनाइ छ ।
उनले भने ‘दोस्रोपटक सञ्जू हेर्न सक्दिन ।’ सञ्जू फिल्म हेर्दा धेरै समयसम्म आफूलाई कन्ट्रोल गरेको भन्दै उनले जब फिल्म सकिएकपछि रोएको जानकारी दिएका हुन् । उनले भने, ‘म फिल्म सकिएपछि २० मिनेटसम्म रोइरहेँ ।’