• असोज १९ काठमाडौ नेपाली राजनितिक ईतिहास क्रमश: अकल्पनीय रुपमा परिवर्तन हुँदै आउनु ,विपक्षी दल जसले माओवादी जंगली र हत्यारा भनेर अभिव्यक्ती दिन्थ्यो,प्रचण्डका छोरी बुहारीको कुरा काट्दै निर्वाचनमा जनतासग भोट माग्थ्यो ,त्यस्तो शक्ति पनि आज माओवादी सग एकता गर्न आइपुग्यो भने बहुचर्चित नेता डा.बाबुराम भट्टराईको पनि आवागमनले माओवादी फुटको अर्को पात्र जोडेको छ ,जसलाई स्यालुट गर्दा प्रचण्ड अद्वितिय पात्र बनेका छन।मैले पनि पोहोर नै लेखेको थिएं,नेपालका सम्पूर्ण बाम घट्टक एक हुनुपर्छ,पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनुपर्छ अनि त्यो बेलादेखि म पनि नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यता लिनेछु,तर एक वर्ष पनि नभई बाम एकताको प्रारम्भ गर्नु हुने अध्यक्ष कमरेड प्रचण्डको प्रयासलाई हार्दिक सम्मान गर्दै एमालेसग मात्रै नभइ हाम्रै भित्री फुटको एकता पनि जोडिएर परिपक्व बनोस बाम एकता भन्ने अपेक्षा गर्दछु। हरेक विषय सम्भावनाकै खेल हो ,राजनिती मात्रै सम्भावनाको खेल होइन यो संसारमा जे जति कुराहरु हुदैछन ती सबै सम्भावनाका जोड घटाउहरु हुन।अहिले नेपालमा राजनीतिक सकारात्मक सम्भावना जोडिदै गरेको प्रती यसलाई सकारात्मक रुपमा हामिले लिन्छौं तर …… हाम्रा मुख्य बाम असन्तुष्टिहरु जोडिएनन तर कहिलेसम्म जोडिन्छन र हाम्रो यात्रा समाजवाद तिर केन्दृकृत हुन्छ त ?भन्ने प्रश्न पनि हामी सबै नेपालीहरुको मनमा गडेर रहेको छ।कतै देउवा सग गठबन्धन गरेर निर्वाचन पछि देउवालाई तालमेल बाट उछिट्याउदै एमालेसग भएको तालमेल र एकताले अहिले सारा विश्वभर तरङ्ग पैदा गरेको छ भने माओवादी पक्षधरहरु अलमलमा प्रश्नहरु तेर्साइरहेका छन।हामी सम्भावनाहरुको सम्मान गर्छौं तर प्रबृत्तिहरु हाम्रो विरुद्ध लाग्छन र त हामिले हाम्रो फरक मत ,नबुझेका सवालहरु बारे स्पष्ट हुन पाउनुपर्दछ।मुद् दा सत्ता र दुई तिहाइसंग मात्र नहोस,मुद्दा सुस्पष्ट राजनितिको होस। अर्बौं रुपैयाँ रकम खर्च गरेर निर्वाचन गरिन्छ ,खर्बौं भ्रष्टाचार गर्ने सत्ता जन्मन्छ भने त्यो नेपाल र नेपाली जनताको लागि विडम्बना बनिरहेको सत्य अब स्पष्ट होस।सत्तामा डाडु पन्यौ चलाउनेहरु अकुत सम्पत्तीका मालिक छन,त्यो सम्पत्ती राष्ट्रियकरण गरिनुपर्छ,नेताहरुले विदेशका महङ्गा अस्पतालमा उपचार गर्न जाने ,जनता झुपडी वाट सिटामोलको समेत सुविधा नपाउने अवस्थाको अन्त्य गरिनुपर्दछ। सत्ता सिंहदरबारमा होइन गरिबका जनताका झुपडीहरुमा स्थापित हुनुपर्छ।राजनितिक विलासिता र सेवा सुविधा आधा कटौती हुनुपर्छ,सुशासनका खातिर बजार भाउ एकै मुल्यको हुनुपर्छ,सत्ता सस्तो र जनताको जीवन शैली समृद्द नभए समाजवादी क्रान्तिको दौरान अपुरो र अलिक खल्लो पो हुन्छ कि भनेर प्रश्न गर्न मन लाग्छ। हामी चाहन्छौं असमझदारी र असमन्जस्यताको अन्त्य हुनुपर्छ,राष्ट् रघाती सन्धी सम्झौता गर्नेहरुलाई देशद्रोही अपराधीको रूपमा अभियुक्त बनाई कानुनी उपचार हदैसम्म गरिने माहोल र सिस्टमको प्रारम्भ हुनुपर्दछ अनि मात्रै नेपाल र नेपालीले आफ्नो गरिमामा गौरव गर्न पाउनेछन। हिजो यो देशको सत्तामा निरङ्कुस राजतन्त्र जादा रुनेहरु आज लोकतान्त्रिक गणतन्त्र स्विकार हासी हासी गर्न थालेका प्रती सकारात्मक सोच्दै अब सभ्य,समृद्द र भाइचाराको राजनिती बृत्त स्थापित होस।गरिब जनतालाई झन झन गरिब बनाउने काम र चेष्टा नहोस,निर्णय नेताहरु बिच होइन जनताको माझ लिइने गरियोस। जनताद्वारा गरिएका मागहरु प्रती नेतृत्व बढी चनाखो भैदिएमा हामी सत्तासग जोडिएका जनता हुन पाउने छौं तर यहाँनेर राजनिती कतै सम्भावनाको खेल मात्रै बनिदियो भन्ने प्रश्न पनि उठ्ने गर्दछ।युग प्रवर्तक,उनै सर्वोच्च कमान्डरको अभियानमा भएको बाम एकता प्रती हामी त्यो बेला ढुक्क हुनेछौं,जतिबेला बाम एकताले पूर्णता पाओस। नेपालको इतिहासमा एउटा बूढो भैसकेको ब्यबस्था,जरो गाडेर बसेको व्यवस्था फाल्ने बेलामा आज हाम्रो माझ बाम एकता स्वीकार गर्दै आएको दल एमाले पनि हिजोको क्रान्तिको यात्रामा आज जस्तो लोयल बनिदिएको थियो भने हामिले १७००० जनाको आहुती दिनै पर्दैन थियो,त्यतिबेला मात्रै ७/८०० जनाको आहुतिले निरङ्कुसता बिदा हुन्थ्यो,तर सबै कम्युनिष्ट देशभक्त हुदैनन ,कुनै कम्युनिष्ट अवसरवादी पनि हुन्छ ,त्यसैले त्यसतर्फ खासै नसोचौं,जो नहुनुपर्ने थियो भयो अब त्यस्तो अवसरवाद हावी नहोओस। जबजब मुलुकमा संकट आउँछ त्यतिबेला पूर्व ,पश्चिम,उत्तर र दक्षिण चार दिशा फर्किने काम नहोस।जनतालाई कानुनको नियम बनाइन्छ भने राजनितिको पनि कानुनको मापदण्ड बनाइयोस।राजनितिक क्रान्तिको मार्गमा अवरोध पुर्याउने जोसुकैलाई कडा राजनितिक कानुन बनाइयोस अनि गद्दारहरुको संख्यामा कमि आउनेछ ,देशभक्तहरु थपिने र जोडिने क्रम तिब्र हुनेछ।दुई महिना पार्टी एकता तीन महिना पछी पार्टी भंग यस्तो बिडम्बना अब कहिलेपनी सुन्नु नपरोस।हामी सबै नेपाली हौं,यो देश हाम्रो हो र हाम्रो देश बनाउन हामी सबैको मनमा एकता भाव हुनुपर्दछ।

    विरोधाभास ,खन्डनमन्डन पनि पनि हुनुपर्दछ,गलतलाई गलत भनेर विरोध नगरे गलत तत्व हाबी हुन्छ जुन स्वभाविक हो।महान सहिदहरुको त्याग,बलिदानी र आहुतीले प्राप्त लोकतन्त्रमा अब हामिले निजि अन्तरविरोधलाई हल गर्दै राष्ट्रियताको पक्षमा,समाज वाद र समृद्दिको पक्षमा अघि बढ्न प्रगतिशिल सोच र देशभक्त विचारहरुको जोड नित्तान्त आवश्यक छ।जसको पूर्णता गर्न हामी आफ्नै आन्तरिक परिवर्तन,हाम्रो सोचको परिवर्तन,हाम्रो स्वार्थको परिवर्तन ,हाम्रा रहर र इच्छाहरुमा परिवर्तन ल्याउन सक्नुपर्छ अनि मात्रै राष्ट्रिय एकता र भाइचारा अनि देशप्रेम र देशभक्तहरुको माझ हाम्रा गन्तब्यहरु जोडिन्छन। देश रोइरहदा हासिरहेको मान्छे आज देश बनाउनुपर्छ भनेर लागेको पक्षलाई नकारात्मक रुपमा नलिउं।अवसरवादको मरोरोग भनेर हामिले विश्लेषण गर्न सक्नुपर्छ।कहिलेकाही हामी नव अवसरवादले धोका दिइने पात्र पनि बन्यौं अब उ देशभक्त बनोस,प्रिय् कमरेड बनोस,नेपाल र नेपाली जनताको तनमन संग जोडियोस।अहम् भावना त्यागेर राष्ट्रिय भावनाले ओतप्रोत मनहरु जोडिदै एक भै हामी समाजवादी यात्रा तर्फ हातमा हात मिलाउदै अघि बढौं।धन्यवाद।

    मेलम्ची न.पा.१(भोटेचौर, सिन्धुपाल्चोक) हाल:जोरपाटी ,काठमाडौं   लक्ष्मण चौलागाईं "विद्रोही" 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …