• गुल्मीको धुर्कोट रजस्थल निवासी बद्रीबहादुर खत्रीकी ११ वर्षीया छोरी निर्मला खत्रीको मुटुको भल्भ प्रत्यारोपणका लागि स्थानीय एक क्लबले निर्मला बचाउ अभियान सुरु गरेको छ । इन्दिरा युवा क्लव धुर्कोटले निर्मला बचाउ अभियान सुरु गरेको हो । उनको मुटुको भल्भमा समस्या भएपछि प्रत्यारोपण गर्नको लागि निर्मला बचाउ अभियान सुरु गरेको हो । उनको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक संकलन गरी उपचारमा सहयोग गर्ने उद्देश्यले ‘निर्मला केसी बचाउन अभियान’ सुरु गरिएको क्लवका सचिव कृष्णबहादुर केसीले जानकारी दिए ।

    अभियानको सुरुमा क्लबले १० हजार रुपैँया राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिदिएको छ । त्यसैगरि क्लवले यहि असोज १० गतेदेखि १२ गतेसम्म धुर्कोट गाउँपालिका ४ जैसिथोकमा सम्पन्न भएको धुर्कोट बडादसैँ मेलामा पनि पीडित केसीको उपचारमा सहयोगका लागि आर्थिक संकलन गरेको थियो । अहिलेसम्म पीडित बालिकाको उपचारका लागि २५ हजार रुपैँया मात्र संकलन भएको क्लबले जनाएको छ । २०७२ सालको भुकम्पले घर पूर्णरुपमा क्षति भएकोले खत्री परिवार अहिले पनि गोठमा बस्दै आइ रहेको छ ।

    इन्दिरा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा खत्रीले आफ्नो उपचारमा आर्थिक सहयोग गरि जिवन बचाइदिन सबैमा आग्रह गरेकी छिन् । मुटुरोगबाट पीडित खत्रीले आफू पढेर ठूलो मान्छे बन्ने सपना रहेको बताएकी छन । ‘पढेर केहि न केहि गर्छु भन्ने अठोट लिएकी छु ।’ ११ वर्षीया बालिका खत्रीले भनिन्, ‘तर के गर्ने, बिरामी परेपनि उपचारको लागि घरमा पैसा छैन ।’

    क्लबले सहयोगका लागि सबैसँग अनुरोध गरेको छ । र सहयोग गर्न इच्छुकलाई क्लवका सचिव कृष्णबहादुर केसीको फोन नम्बर९७४७०६७३९८ र पत्रकार दधिराम खनालको फोन नम्बर९८४७१८४०१५ मा सम्पर्क गर्न सकेत अनुरोद्द गरेको छ ।

    एभरेष्टबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…