• "राजनिती भनेको सम्भावनाको खेल हो" आदरणीय अध्यक्ष ज्यु हजुरलाई सर्वप्रथम क्रान्तिकारी अभिवादन टक्र्याउदै एउटा अनौठो शीर्षक लिइएर आएको छु।शीर्षक पढ्दा प्रचण्ड घांटीले ठूलो राजनितिक ईतिहास सम्झाउछ जुन लेखेर साध्य छैन कुनै दिन समयले साथ दियो भने एउटा युग सग जोडिएको प्रचण्ड नाम बारे विश्लेषण गर्दै गरौला।हामी सारा देशभक्त नेपालीहरुका आशा र भरोसाका केन्द्रविन्दु आदरणीय अध्यक्ष कमरेड प्रचण्डको आश्चर्य लाग्दो घाटीले तानाशाहको शासन नै निलिदियो,नेपाली जनतालाई डसेर बसेको राजतन्त्रको शासन नै निलिदियो,आफ्ना सबै गुमाउदै लोयल बन्दै नेपाली राजनितीमा चम्किला तारा कमरेड प्रचण्डको घाटीले नक्कली राष्ट्रवादको वीष् पनि पिइदिदै छ र अब फेरि पनि निल्नेछ साम्राज्यवाद र विस्तारवादको आगो त्यसै अभियानमा प्रचण्ड राजनितीले नेपालको शासकीय स्वरुप दिनानुदिन परिवर्तन हुँदैछ र लोकतान्त्रिक सत्ता जनताको घर आगनीमा पुग्दैछ।चार जात छत्तीस वर्णको साझा फुलवारीलाई अनेकतामा एकताको रुप दिदै नेपाल एउटा छुट्टै समाजवादी राज्य स्थापना गर्न आज प्रचण्डले हाम्रै पार्टी पक्तिका कार्यकर्ताका असन्तुष्टीहरु निल्दै छन,हाम्रा बिरोधहरु पिउदैछन,दस वर्षे जनयुद्दमा,महरा,दिवाकर,अनन्त, प्रचण्ड लगायत नेत्रविक्रम चन्द विप्लव ,वैद्य,बाबुराम,बादल लगायत नेताहरुको टाउकोको मूल्य तोकिदा कमरेड प्रचण्ड आतंककारीका नाइके भजाउनेलाई समेत आफ्नो काबुमा ल्याइ हालको नवीन नेपालको सत्ताका अभिभावक भएका छन कमरेड प्रचण्ड । असन्तुष्टि ,असमन्जस्यता,अस मझदारी सबै पचाउन र पिउन सक्ने कमरेड प्रचण्डले अब एकीकृत जनक्रान्तिका मूल्यवान मुद्दाहरुलाई पनि संग्ल्याएर अर्को अवरोध पिइदिन सक्नुभयो भने मुलुकको असमन्जस्यता र अन्तरविरोधहरुमा एकताका हातहरु मुठ्ठीमा कस्दै सम्पूर्ण देशभक्तहरुलाई एक बनाई नौलो बिहानीका लागी अघि बढ्न सफल हुनुभयो भने एजेन्डा विहिनहरु सबै दल,तह र तप्काका मान्छेहरु समाजवादी राजनितीमा अग्रसर हुनेछन।हजारौं वर्ष लाग्छ यो मुलुकमा प्रचण्डहरु जन्मिन ,यसर्थ: मेरो बुझाइमा प्रचण्ड युग हो,एकता हो ,समझदारी हो र आम देशभक्तहरुको नाम नै प्रचण्ड हो भन्ने कुरालाई कसैले सस्तो प्रतिक्रिया दिएर खिल्ली उडाउलान तर बाकी इतिहासले बताउने नै छ।हामी आफ्नै निजि ग्लानी र सांघुरो सोचले हामिलाई प्रचण्ड पहिचान गराउदैन।हामिले ठूलो छाती बनाएर विभिन्न चुनौती सग अब बिचारले लड्ने यो युगमा बन्दुकले केही गर्न सक्दैन।बमले केहि गर्न सक्दैन,सुतेको ठाउमा काटेर क्रान्ती हुदैन,अब हामी सबै ब्युझिसकेका छौं,प्रचण्ड दौडमा हाजिर भएर बनाउ है हाम्रो देश भन्ने अपिल यो पक्तिकारले पनि गरिरहन्छ।लोकप्र ियता कमाउन राजनिती गर्ने,सौखको वजह राजनिती गर्ने अनि कमाउ अभियानका लागि राजनिती गर्ने कुनै पनि मनुष्य राजनितीज्ञ हुदैन,त्यस्ताहरुलाई हामी राजनितिक र दलिय माफिया भनेर विश्लेषण गर्दछौं,त्यस्तै दलिय माफियाहरुको समुल अन्त्यमा नै लोकतन्त्र बाच्छ।हाम्रो मुलुक जहाँ हाम्रै पुस्ता तिर फर्केर हेर्दा पनि अवगत हुन्छ कि जहिले जसो शासन र शासकको घट्टले पिधिएका हाम्रा पुस्ताहरु बुढ्यौली कटाइरहेकाहरु बाट बुझ्दा पनि थाहा हुन्छ कि हिजो र आजमा हामि धेरैले परिवर्तनको खाका देख्न पाइरहेका छौं, आज हामी हाम्रै सत्ता र राजनितिका अङ्ग बनेका छौं।जब हाम्रो यात्रा अनेकतामा एकता भएर समाजवादको गन्तब्य सम्म पुग्छ त्यतिबेला हामी हाम्रै कर्महरुमा ब्यस्त हुन्छौं,हामिलाई राजनितिको र पनि उच्चारण गर्ने समय हुने छैन,हामी आत्मनिर्भर र शतप्रतिशत स्वतन्त्र मानिस बन्न पाउनेछौं।क्रान्तिका विविध चरणहरुमा आइपरेका बाधा,व्यवधम्धानहरुले हामीलाइ प्रबृत्तिको नमस्कारे बनाएको थियो ,हामिले निरङ्कुसताको दासत्वलाई पूजन गरेका थियौ भनेर आउने तमाम शक्तीहरु नै देशभक्त बन्नेछन।देशभक्त त्यो हो जो देशको लागि सदैव रक्षक बन्छ ,राष्ट्रघाती त्यो हो नेपालको सम्पत्ती विदेशीलाई बेचेर विभिन्न झुटको प्रपन्च रचिरहन्छ।त्यस्ताहरुलाई समेत राजनितिक दायरामा ल्याएर कमरेड प्रचण्डले नवअवसरवादको विष पिउने प्रयास गर्नुभएको छ।सायदै कालान्तर सम्म पनि विभिन्न तन्त्रका हिमायती बनेर बसेका दलहरुलाई पनि प्रचण्ड घांटीले अवश्य निलिदिनेछ।तत्पश्चात हामी सबै एक हुनेछौं,हाम्रा अन्तरविरोधहरुलाई बहस मार्फत टुङ्याएर देश र जनताको लागि सबै टुट,फुट,असन्तुष्टि ,आरोह अवरोहलाई समाधान गर्दै हामी विशाल हुनुछ अनि मात्रै देशको गरिमा उच्च हुनेछ।कहिलेकाही दुश्मनसग पनि मिल्नुपर्छ अनि अप्ठ्याराहरु सहज बन्छन,लालसलाम कमरेड प्रचण्ड ,हजुरको यो महा अभियान पनि क्रान्तिको अर्को चरण हो।यो अभियानलाई कोहि पनि देशभक्तहरुले अवश्य लत्याउने छैनन भन्दै यो अधुरो आलेखलाई यहि बिट मार्दछु। धन्यवाद ।

    - लक्ष्मण चौलागाईं "विद्रोही" -मेलम्ची न.पा.१-भोटेचौर, सिन्धुपाल्चोक हाल-काठमाडौं

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…