• दमक । झापाको दमकमा दौडनु नै स्वास्थ्यका लागि आवश्यक हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्द स्थापना भएको दमक रन समूहको नयाँ नेतृत्व चयन भएको छ ।

    २ वर्षअघि स्थापित समूहको पहिलो साधारणसभाले दिवश राईलाई अध्यक्ष चुनेर १९ सदस्यीय नयाँ समिति सर्वसहमत चयन गरेको सोमवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    समूहको उपाध्यक्षमा सुधीर प्रधान, सचिवमा कृष्णराज दाहाल, सहसचिवमा दीपक श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा बस्नेत र सहकोषाध्यक्षमा ममता रञ्जितकार चयन भएका छन् । सदस्यहरुमा रन्दिप राई, केदार बस्नेत, रक्कि धिमाल, प्रकाश आरडी, जीवन चुडाल, भविन राई, बमबहादुर चौहान, विजयकुमार राई, राजेन्द्र दंगाल, नविन तामाङ र शंकर विश्वकर्मा रहेका छन् ।

    राजेन्द्र राई, राजेश राई, चैतन्य वराल र दीपेन्द्र दाहाललाई सल्लाहकारमा चयन गरिएको र विभिन्न उपसमितिहरु समेत गठन गरिने नवनियुक्त अध्यक्ष राईले जनाए ।

    दमकलाई दौडको हव बनाउने उद्धेश्यले समूहले हालसम्म एक दर्जन दौड सम्बन्धी प्रतियोगिता गर्नुका साथै विभिन्न सामाजिक तथा रचनात्मक कार्यमा समेत काम गरिआएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…