• इटहरी, ९ साउन 

    नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाले जिल्लामा पहिलो पटक निर्वाचित स्थानीय तहसँगको सहकार्यमा सुनसरी जिल्लाका पाँच स्थानीय तहको भौतिक पूर्वाधार पर्यटन तथा अन्य समसामयिक विषय शिक्षा स्वास्थ्य धार्मिक तीर्थस्थल डुबान आदिका सम्बन्धमा सञ्चालन गरेको लेखनवृत्ति रकम आज हस्तान्तरण गरेको छ ।

    महासङ्घको सुनसरी शाखाले इटहरीमा कार्यक्रम आयोजना गरेर इटहरी र धरान उपमहानगरपालिका तथा इनरुवा दुहवी र रामधुनी नगरपालिका क्षेत्रमा कार्यरत २१ जना क्रियाशील सञ्चारकर्मीलाई ती स्थानीय तहले विषय तोकेर खोजमूलक समाचार लेखनसम्बन्धी महासङ्घलाई उपलब्ध करबाहेक झण्डै रु साढे तीन लाख लेखनवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

    महासङ्घले प्राप्त गरेको स्थानीय तह सँगैको सहकार्यको उक्त लेखनवृत्ति कार्यक्रममा अग्रज सञ्चारकर्मीहरु याम प्रधान, प्रदीप मेयाङ्ग्वो, राजन केडी, शशि कोइराला, मनिता चाम्लिङ, रोमा रिजाल, धनबहादुर पुरी, विराट अनुपम लगायतले प्राप्त गर्नुभएको थियो । उहाँहरुले उठाउनु भएको स्थानीय तहको विषयगत मुद्दालाई स्थानीय तहले गम्भीर रुपमा लिई आगामी दिनमा गुणात्मक परिवर्तनको अपेक्षा गरिएको छ ।

    विषयगत लेखनवृत्ति रकम पाउने सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, बराह क्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल र अग्रज सञ्चारकर्मी हर्ष सुब्बा लगायतले उक्त लेखनवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो ।

    उक्त अवसरमा लेखनवृत्ति प्राप्त सञ्चारकर्मीले पहिल्याउनु भएको खोजमूलक विषयका समाचारले औँल्याएका बुँदाहरुलाई स्थानीय तहले गम्भीर रुपमा लिएर आगामी दिनमा त्यसमा आमूल सुधार ल्याउने पक्षमा आ–आफ्नो क्षेत्रमा सक्दो कार्य गर्ने पक्षमा ती स्थानीय तहको प्रमुखहरुले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…